भालुको आक्रमणबाट लिखुपिकेका चौरीपालक कृषक गम्भिर घाईते

सोलुखुम्बु – भालुको आक्रमणबाट सोलुखुम्बु लिखुपिकेका एक चौरीपालक कृषक जाङबु शेर्पा गम्भिर घाईते भएका छन् । लिखुपिके – १ गोलीका शेर्पालाई आज विहान भालुले आक्रमण गरेको हो । गोठ नजिकैको जंगलमा चौरी चराउदै गरेको अवस्थामा आक्रमण गरेको र साथैमा रहेको छोरीले आमालाई खबर गरेर हो–हल्ला गरेपछि भालु भागेको बताइएको छ ।

घाईते शेर्पालाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको छ । उनको गर्दनको केही भाग र पाखुरामा ५/७ वटा दाँत गहिरोसँग गाडिएको स्थानीय कृषक थप्साङ शेर्पाले जानकारी दिए ।

बर्सेनि भालुको आक्रमण बाट लाखौ रुपैयाँ बराबरको चौरी गाईको क्षति ब्याहोर्दै आएका यस क्षेत्रका कृषकहरु यसपटक मान्छेलाई नै आक्रमण गरेपछि थप त्रसित बनेका छन ।

प्रकाशित मिति २७ फाल्गुन २०७७, बिहीबार ०८:४९

सम्बन्धित समाचारहरु