हामी नेपालीहरु वैदेशिक रोजगार को सिलसिलामा र विभिन्न पेशा ब्यबसाय को सिलसिलामा विभिन्न देश हरु मा रहेका छौ यसरी जुनसुकै कार्य क्षेत्रमा रहेता पनि अ-आफ्नो समुदायको भाषा, धर्म,कला र सस्कृती को प्रबर्द्धन संरक्षण र बिकास गर्ने उदेश्य ले बिदेशी भुमी मै रहदा अ-आफ्नो जातीय समुदाय अन्तर्गतको संघसंगठन हरु खडा गरि विभिन्न कार्यक्रम हरुको माध्यमबाट आफ्नो पहिचान झल्काउने महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको पाइन्छ

यसै क्रममा लामो समय देखि युरोपियन मुलुक बेल्जियम मा बसोबास गर्दै आएका शेर्पा समुदायले शेर्पा जाती को भाषा ,कला,सस्कृती तथा परम्परागत मुल्य र मान्यता हरु को संरक्षण तथा प्रबर्द्धन गर्न, का लागि युरोपियन मुलुक बेल्जियम मा बसोबास गरि रहेका सबै शेर्पा हरु लाई सङ्गठित गर्न विभिन्न कारण हरु बाट समस्य मा परेका हरु लाई मानवीय रुपमा उचित सहयोग गर्न तथा आफ्नो मातृभुमी देश नेपाल छोडेर बिदेश आएका हरुले पनि बिदेशी भुमिमै रहेर र शेर्पाहरुको ऎतिहासिक मौलिक पहिचानका खातिर अग्रसर हुन समय र परिस्थिति अनुसार आबश्यक भएकाले,बेल्जियम मा रहेको सबै शेर्पाहरुको साझा सस्थाको रुपमा हिमालयन शेर्पा कल्चर अन्तर्राष्ट्रिय शाखा बेल्जियम स्थापना गरि भाषा ,धर्म कला र सस्कृतिकलाई संरक्षण प्रबर्द्धन गर्नको लागि बेल्जियआफ्नो रचनात्मक कार्यहरु अगाडि बढाउदै गईरहेको छ भने यसै क्रम मा बेल्जियम मा रहेका शेर्पा बालबालिका हरु ले पनि शेर्पा युथ ग्रुप खडा गरि आफ्नो समुदायको विभिन्न गतिविधि हरु गर्दै आइरहेको छन , यसै क्रम मा बेल्जियममा रहेको बालबालिका हरु को संगठन शेर्पा युथ ग्रुप बेल्जियम र हिमालय शेर्पा कल्चर बेल्जियमसंग सहकार्य र समन्वय गरि भविष्यमा हाम्रो पहिचानलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने कुराहरु प्रति जुन रुचि , उत्साह र उमाङंग राखेर ” शेर्पा युथ गुप बेल्जियम ” को स्थापना गर्न सफल भएको छ ।

यसले बेल्जियममा रहेको शेर्पाहरुमा एउटा महात्वपुर्ण उर्जा थाप्नुको साथै जुनसुकै मानिसको पहिचान झल्काउन उसले भोल्ने भाषाले ठूलो भुमिका खेल्ने हुदा आज बेल्जियम शेर्पा युथ गु्पले हिमालय शेर्पा कल्चर अन्तर्राष्ट्रिय शाखा बेल्जियम संग समन्वय गरि मिति 29 नोभेम्बर 2023 आइतबार बाट हिमालयन शेर्पा कल्चर का अध्यक्ष लाक्पा लामा को बिशेष पहल मा बेल्जियम मै जन्मिएको शेर्पा समुदायको बालबालिका हरु ले आफ्नो भाषा,धर्म कला र सस्कृती को महत्त्व र बिशेषता का बारेमा बुझ्न सकोस यहाँ रहेका आफ्नो समुदायको बालबालिका हरु लाई आफ्नो पहिचान र संस्कार भुल्न नदिन र यसलाई युग युग सम्म जिवित राक्ने उदेश्य ले साप्ताहिक रुप मा शेर्पा भाषा,कला र सस्कृती को प्रशिक्षण कक्षा संचालन गरिएको छ ।

यस महत्त्वपूर्ण कार्य लाई सोलुखुम्बु सेर्लो गोन्पा का प्रमुख लामा पेमा थर्चेन रिन्पोक्षे ज्यु को मुखरबिन्दु बाट बिशेष पुजा र प्रबचन प्रदान गर्नु भै कक्षा उत्घाटन गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय