ललितपुर ।  ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुक्रबार विद्यार्थीहरूले नो भ्याक्सिन, नो एक्जाम भन्दै प्रदर्शन गरेका छन । कोरोना महामारीका बेला करिब नौ सय विद्यार्थीलाई पाटन क्याम्पसमै राखेर परीक्षा चलाएको विरोधमा परीक्षार्थी प्रदर्शनमा उत्रिएका हुन्। शुक्रबार दिउँसो १ बजेदेखि परीक्षा सुरू हुँदै थियो। तर १२ बजेदेखि नै विद्यार्थीहरू परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड लागू गरिनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने माग राखेका छन्। ‘विद्यार्थीको देश खोइरु डन्ट प्ले इन स्टुडेन्ट लाइफ, नो भ्याक्सिन नो एक्जाम, विद्यार्थीको स्वास्थ्य र जीवनमाथि खेलबाड गर्न बन्द गर र स्वास्थ्य मापदण्ड लागू गर’ भन्दै विद्यार्थीले प्रदर्शन गरेका थिए। तर क्याम्पस प्रशासनले विद्यार्थीका माग सुनेन। बरू समयमै परीक्षा गर्‍यो। एउटा कक्षामा ५० देखि एक सय जनासम्म परीक्षार्थी राखिएको थियो। ‘दिनानुदिन कोरोना संक्रमित बढ्दैछन्। यस्तो अवस्थामा एकै बेन्चमा दुई जना र एकै कक्षामा एक सय जना विद्यार्थी राखेर परीक्षा लिइएकोमा हामीले विरोध गरेको उनीहरुले बताएका छन ।

‘त्रिवि, पिके, पाटन, आरआरलगायत समाजशास्त्र पढाइ हुने क्याम्पसका विद्यार्थी सबैलाई पाटनमै एकै केन्द्रमा राखेर परीक्षा लिइएको हो। यसले गर्दा सामाजिक दूरी कायम त भएन नै स्वास्थ्य मापदण्ड पनि पालना नगरेको एक विद्यार्थीले भने । त्रिविले स्नातक तहका विद्यार्थीलाई भने होम सेन्टरमै परीक्षा चलाएको छ। तर स्नातकोत्तर तहलाई भने एकै केन्द्रमा राखेर परीक्षा लिइएको छ।

विद्यार्थीले परीक्षा केन्द्रमै प्रदर्शन गरेको थाहा पाएपछि त्रिवि समाजशास्त्र विभागबाट अनुगमनका लागि पदाधिकारीहरू आज पाटन क्याम्पस पनि पुगेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय