
सलनालको अवसरमा आयोजित चोमोलोङ्मा सांगीतिक सौगातको पत्रकार सम्मेलन एवम अन्तर्कृया कार्यक्रम गरेको छ। सोलुखुम्बु सेवा समाज कोरियाद्वारा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमको आजसम्मको तयारी विवरण प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राजु राईले पत्रकार एवम उपस्थितीहरुको प्रश्नको जवाफ दिएका थिए।
आगामी फेब्रुअरी १० तारिख हुने उक्त कार्यक्रमको निम्ति सबिन राई एन्ड फारोह ब्याण्ड, गायक ब्रबिम सेर्मा, सुनिता थेगिम, मनिता राई र मोडल अनुशा राईको प्रस्तुती रहने भएको छ। कार्यक्रमको लागि सबैको भिसा स्विकृत भैसकेको हुनाले दर्शकहरुलाई ढुक्क हुन आयोजकले अनुरोध गरेको छ।
विगतको कार्यक्रमको बारेमा प्रश्न गर्दा सोलुखुम्बु सेवा समाजले जिल्लामा स्वास्थ्य सामाग्री एवम एम्बुलेन्स सेवा उपलब्ध गराएको र आर्थिक पारदर्शिता सहित हिसाब प्रस्तुत गरेको पनि अध्यक्षले जानकारी गराएका थिए। यसैगरी कलाकार छनौटको प्रश्नमा सबै विधा र क्षेत्रलाई समेट्न नसकिने र केहि कलाकार हरु आफ्नै व्यस्तताका बाबजुत यस कार्यक्रमलाई समय दिन नसकेको पनि अवगत गराएका थिए। पत्रकार सम्मेलन पछिको अन्तरक्रिया कार्यक्रममा सांगीतिक सौगातलाई कसरी सफल बनाउन सकिन्छ र आर्थिक संकलनलाई कसरी तिब्रता दिन सकिन्छ भन्ने विषयमा विशेष छलफल गरिएको थियो।
नेपाली थाइको सभाहलमा भएको कार्यक्रममा पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष गजेन्द्र सेर्मा, पूर्व अध्यक्ष अ्मृत राई सल्लाहकार समसेर पंधाक लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।