नगरपालिकाले  ५० बेडको क्यारेन्टिन  निर्माण

सोलुखुम्बु  ः  जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाले  ५० बेडको क्यारेन्टिन  निमार्ण गरेको छ ।  कोरोनाको नयाँ भेरियन्ट सहितको संक्रमण तिब्र गतिमा फैलिदै गएकाले नगरपालिकाले ५० बेडको क्यारेन्टिन निर्माण सम्पन गरेको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो ।

सोलु दुधकुण्ड नगरपालिकामा समेत कोरोना संक्रमित बढेकाले  सुरक्षित राख्न फाप्लु स्थित प्राविधिक शिक्षालयमा क्यारेन्टिन निर्माण गरेको नगरपालिकाले जनाएको छ ।  नगरपालिकाले  १० थान अक्सिजन सिलिन्डर, २ सय वटा एन्टिजेन र अक्सिजन कन्सन्ट्रेटर लगायतका अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको समेत ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति २९ बैशाख २०७८, बुधबार १४:४७