पाफोसको कोनियामा जनवरी १८ तारिख बुधवारका दिन निधन हुन गएकी २३ वर्षीया नेपाली महिलाको नाम र ठेगाना खुलेको छ । मृतकको नाम कार्साङ्मु शेर्पा र नेपाल स्थित घर दिगार्पु ४ गौरीशंकर दोलखा रहेको छ । १७ तारिख मंगलवार सकुशल सुतेकी उनि सुतेकै अवस्थामा आफ्नो कोठामा अचेत फेला परेकि थिइन् ।
रोजगारदाताले नै प्रहरीलाई खवर गरि अचेत अवस्थामै पाफोस स्थित जनरल अस्पताल पुर्याउँदै गर्दा उनको मृत्यु भइसकेको संलग्न डाक्टरहरुले बताएका थिए ।
प्रारम्भिक रिपोर्टकै क्रममा पनि मृतकमा कुनै रोग नभएको भनि घटना घटेकै दिन संलग्न डाक्टहरुले बताई सकेका छन् । घटेको घटना प्रति अबैतनिक बाणिज्य दुतावास निकोसियाले गहिरो शोक ब्यक्त गर्दै अहिलेसम्म प्रहरी र पोष्टमार्टमको रिपोर्ट नआइसकेकाले घटनालाई अतिरंजित बनाई गलत टिका टिप्पणी नगरि दिनुहुन सम्पुर्णमा अनुरोध गरेको छ ।
सत्य र तथ्य रिपोर्टका लागि इजरायल स्थित नेपाली दुतावास संग समन्बय गर्दै यहाँको सरकारी निकाय जो घटना संग सम्बन्धित छ ताकेता गरि रहेको बताएको छ ।
मृतक कार्साङ्मु सेर्पा गत ४ महिना अघि मात्र कर्मा इन्टरनेशनल मेन पावरबाट घरेलु कामदारको रुपमा साईप्रस आएको नेपाल स्थित मृतक परिवारले बताए ।
प्रकाशित मिति ८ माघ २०७९, आईतवार ०८:०८