आइडा आँधीका कारण सोलुखुम्बुका एकै परिवारको तीन जनाको मृत्यु

न्यूयोर्क , न्यूयोर्कमा भारी वर्षा पछि आएको आँधीका कारण एकै परिवारका तीन जना नेपालीकोे मृत्यु भएको छ । आइडा नामक आँधी र भिषण बर्षाको कारण ३ जना नेपालीको दुखद निधन भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी घर भई हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा ,पत्नी मिङमार शेर्पा र र १९ महिनाको छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले सुचना मार्फत जानकारी दिएका छन ।
अमेरिकामा हाल सम्म ६ वटा राज्यमा वर्षा ,बाढी र  टोरनाड़ोका कारण ४५ जनाको मृत्यु भई सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाको निधन भएको छ ।

 

 

प्रकाशित मिति १८ भाद्र २०७८, शुक्रबार ०८:४६

सम्बन्धित समाचारहरु