कोभिड -१९ का कारण बिगत दुई बर्ष देखि अनलाईन भर्चुवल कार्यक्रममै सिमित रहेको ल्होसारलाई महामारी पछि पहिलो पटक भब्य रुपमा मनाउन शेर्पा किदुग दोहा कतार तयारी थालेको छ।
“भाषा,धर्म,कला सांस्कृतिक हाम्रो पहिचान , जातिय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान ” भन्ने मुल नारा का साथ रोजगारीको शिलशिलमा दोहा कतारमा कर्मथलो बनाई बसेका शेर्पाहरु द्धारा सन २०१७ मा स्थापना भएकाे शेर्पा किदुग दोहा कतारले बिगतका बर्ष झै यस बर्ष पनि आफ्नो मौलिक पहिचान जगेर्नाका गर्दै आगमि मार्च ४ का दिन सालिमर इस्तान्बुल रेस्टुरेन्टमा छयु फो ताग ल्हो २१४९ औ ग्याल्बाे ल्होसार कार्यक्रम मनाउने किदुगका अध्यक्ष तेन्जी शेर्पाले हाम्रो हिमाली संदेशलाई जानकारी दिनु भएको छ।
