नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको बुसान शाखाको  तेश्रो महाधिवेशनबाट अध्यक्षमा परी गुरुङ सर्वसम्मत चयन ।

ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो ऐतिहासिक महाधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । गत आईतबार किम्हे स्थित लुम्बिनी रेष्टुरेण्टको एक हलमा संस्थाका अध्यक्ष रण तामाङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष युगेल टेन्डुप शेर्पाको प्रमुख आतिथ्यतामा सो महाधिवेधन सम्पन्न भएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्ष परी गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त महाधिवेशनमा संस्थाका महासचिव राम तामाङले संस्थाको प्रगति प्रतिवेदन सहित सम्पूर्ण आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । “संस्कार-संस्कृति भाषा भेषभूषा हाम्रो पहिचान, समान अधिकार सहित देश निर्माणको अभियान” भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि युगेल तेण्डुप शेर्पाले नेपाल एक बहुजातीय, बहुभाषीक, बहुसांस्कृतिक र भौगोलिक सुन्दरताले भरिपूर्ण चार जात छत्तीस वर्णको साझा फूलबारी भएपनि त्यस अनुरुप समान अधिकार हुनुपर्ने र आफ्नो जातीय अधिकार मागेर होईन खोसेर लिनुपर्ने खाँचो औंल्याए । साथै विशेष अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव राई लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले महाधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।


उदघाटन सत्रपछिको बन्द सत्रमा संस्थाका संरक्षक रबिन राईको संयोजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्य समितिलाई सपथ ग्रहण गराएका थिए । नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो महाधिवेशनबाट अध्यक्षमा परी गुरुङ, वरिष्ठ उपाध्यक्ष उमेश राई, उपाध्यक्ष तेजु गुरुङ, उपाध्यक्ष कृष्ण महर्जन, महासचिव दरिन्जी शेर्पा, सचिव अम्बर लामा, सचिव विजय पुन, सचिव दिपेश राई, कोषाध्यक्ष कमला घले, सहकोषाध्यक्ष राम पुन मगर र सदस्यहरुमा रत्न कुमार बैद्य, सम्राट तामाङ, सूर्य नारायण चौधरी र गोपाल माझी सर्वसम्मत चयन भएका छन् ।


जूम भर्चुअलमा बिमल दोङ तामाङको विशेष प्राविधिक सहजीकरणसँगै कार्यक्रम सञ्चालन संस्थाका महासचिव राम तामाङले गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको तेश्रो ऐतिहासिक महाधिवेशलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष र जूम भर्चुअल मार्फत जोडिएर सहयोग गर्नुहुने समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति २२ भाद्र २०७८, मंगलवार १८:०४

सम्बन्धित समाचारहरु