सोलुखुम्बु : फोर्चेमा आगलागी हुँदा ३ करोड बढीको क्षति

सोलुखुम्बुको एक घरमा आगलागी हुँदा ३ करोड बढीको क्ष’ति भएको छ। जिल्लाको खुम्बु पासाङल्हमू गाउँपालिका ४ फोर्चे स्थित निमा कर्मा शेर्पाको ढुंगामाटो र काठले बनेको २ तले घरमा आ’गोला’गी हुँदा ३ करोड ९३ लाख १५ हजार बराबरको क्ष’ति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार आगलागिबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन सहित ३५ तोला सुन, एक सय तोला चाँदी, जि माला, तामाले बनेको सुनको जलप भएको गुरुमुर्ती ३ थान, लामा पुस्तक १० थान, ७ लाख नगद ज’लेको बताइएको छ।

आज (बिहिबार) दिउँसो २ बजेको समयमा आ’गोला’गी भएको स्थानीयले बताएका छन् । आगो के कारण लागेको भन्ने खुल्न सकेको छैन् । आगलागिबाट मानवीय क्ष’ति भने नभएको हो ।
प्र’हरी चौकी खुम्जुङबाट खटिएको प्रहरी र स्थानीयको संयुक्त प्रयासबाट साँझ ७ बजे आगो नि’यन्त्रणमा लिइएको बताइएको छ ।

प्रकाशित मिति ३० माघ २०७७, शुक्रबार ०८:५०