
सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा ३ दिने पर्वतारोहण पुर्नताजगी तालिम हुने भएको छ । खुम्बु पर्वतारोहण संघले जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ खरिखोलामा आगामी पुस २ गतेबाट तालिम आयोजना गर्ने भएको हो ।
खुम्बु पर्वतारोहण सघंले पर्यटन मन्त्रालय, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा तालिम आयोजना गरेको व्यवस्थापक पेम्बा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
५० जनाको कोटा रहेको उक्त तालिम निशुल्क हुने जनाइएको छ । तालिमका लागि काठमाण्डौँबाटै आइएफएमजिए गाईडहरु आउने आयोजकले जनाएको छ ।
पर्यटन क्षेत्रलाई प्राथमिकता दिदै आयोजना गर्न लागिएको तालिमले पर्यटक गाईडहरुलाई थप टेवा पुग्ने विश्वास लिइएको छ ।
Source:Himal FM