नेपाली गायिका फुटी शेर्पाले भारतको सिलगुडीमा आयोजित अन्तर्राष्ट्रिय गायन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेकी छन्। गत जनवरी ११ तारिखमा सम्पन्न भएको ‘टप थ्री लाइभ प्रस्तुति’ मा उनले शेर्पा भाषाको गीतमा टुंना बजाएर द थ्री सिज ब्याण्डसँग मिलेर विशेष प्रस्तुति दिएकी थिइन्।

बर्णमाला परिवारले आयोजना गरेको यस प्रतियोगितामा नेपालबाट छनोट भएर फुटी फाइनलमा पुगेकी थिइन्। यसअघि, उनले नेपालमा आयोजित हिमालयन एथ्निक गायन प्रतियोगिता २०२४ मा पनि दोस्रो स्थान हासिल गरिसकेकी छन्।

प्रतियोगितामा सफलता प्राप्त गरेपछि फुटी शेर्पाले भनिन्, “म अत्यन्तै खुसी छु र साथै आफ्नो संस्कृतिप्रति पनि आभारी छु जसले सधैं मलाई संगीतका लागि प्रेरित गर्छ। संगीत संसारभरका सबै मानिसहरूका लागि कुनै पनि सीमा बिनाको सम्बन्ध हो, यो मेरो गहिरो विश्वास हो।” उनले यस सफलतामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै वर्णमाला परिवार, सिक्किम सरकारका मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलाई र सबै संगीतकारहरूलाई विशेष धन्यवाद व्यक्त गरिन्।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय