गएको जोवान बोलको गीत सार्वजनिक (भिडियो सहित )

काठमाडौं । नव गायक दिनेश नछिरिङ्ग राई र सुनिता थेगिमको गएको जोवान बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो Music Khim युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Music Khim युट्युब च्यानलको पहिलो प्रस्तुति रहेको गीतमा चर्चित गीतकार हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत तथा एरेन्ज (संगीत संयोजन) रहेको गीतको अनिल कटुवालले छायाँकन तथा सम्पादन गर्नुभएको हो ।

सम्पूर्ण टिमले राम्रो गीत तयार परेकोले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया र भ्युज पनि राम्रो जाने अपेक्षा रहेको गायक दिनेश नछिरिङ्ग राईले हिमाली सन्देश लाई बताउनुभयो ।

प्रकाशित मिति २५ पुष २०७९, सोमबार १७:३४

सम्बन्धित समाचारहरु