✍️ पेम्बा गेलु शेर्पा/२१ फेब्रुअरी, बेल्जियम ।

— बेलायतको शेर्पा समुदायले आफ्नो ऐतिहासिक तथा सांस्कृतिक पहिचानको सबैभन्दा ठूलो चाड ग्याल्पो लोसार को २१५३ औं संस्करण (मे फो त ल्हो—अग्नि पुरुष घोडा वर्ष) लाई विशेष उत्साहका साथ मनाउने भएको छ।

शेर्पा संघ बेलायत (Sherpa Association UK) ले आयोजना गर्ने यो भव्य सांस्कृतिक समारोह आगामी शनिबार, २८ फेब्रुअरी २०२६ मा लन्डनको Asian Community Centre, White Hart Lane, Plumstead, SE18 1DG मा दिउँसो १ बजे (१३:००) देखि सुरु हुनेछ।

शेर्पा समुदायमा लोसारलाई नयाँ वर्षको आगमन मात्र नभई परम्परा, भेषभूषा, नृत्य, संगीत र सामुदायिक एकताको जीवन्त प्रदर्शन गर्ने अवसरका रूपमा लिइन्छ। हरेक वर्षजस्तै यसपटक पनि यूकेमा बसोबास गर्ने शेर्पा तथा हिमाली समुदायका सदस्यहरू, परिवारजन र शुभेच्छुकहरूको व्यापक सहभागितासहित कार्यक्रम भव्य बनाइने आयोजकले जनाएको छ। कार्यक्रममा परम्परागत शेर्पा तथा नेपाली सांस्कृतिक प्रस्तुति, स्वादिष्ट खानपान, जीवन्त नृत्य र संगीतका साथै सामुदायिक मेलमिलापको रमाइलो वातावरण रहनेछ।

अनलाइन टिकट खरिदमा समयसीमा र सुविधा

आयोजकले कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई अनलाइन टिकट समयमै सुरक्षित गर्न आग्रह गरेको छ। अनलाइन टिकट खरिदको अन्तिम मिति २६ फेब्रुअरी २०२६, राति ११:५९ बजे सम्म रहेको छ। त्यसपछि स्थलमा (डोर टिकट) उपलब्ध हुने भए पनि प्रत्येक श्रेणीमा £५ अतिरिक्त शुल्क लाग्नेछ।

टिकटको मूल्य निर्धारण यस प्रकार छ:
– वयस्क (Adults) — £३०
– ज्येष्ठ नागरिक (Senior) — £२५
– बालबालिका (८–१६ वर्ष) — £२५
– ८ वर्ष मुनिका बालबालिका —निःशुल्क

अनलाइन टिकट खरिद गर्न शेर्पा संघ बेलायतले उपलब्ध गराएको आधिकारिक लिङ्क वा QR-Code प्रयोग गर्नुपर्ने हुन्छ। समयमै अनलाइनमा टिकट खरिद गर्दा राम्रो सिट र सहज व्यवस्थापनमा सहयोग पुग्ने आयोजकको भनाइ छ।

संघले सबैलाई यो ऐतिहासिक समारोहमा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई अझ भव्य तथा स्मरणीय बनाउन हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय