
“विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ” दक्षिण कोरियामा सक्रिय सस्था शेर्पा सङ्घ दक्षिण कोरियाले छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन सउलमा रहेको 서울시 종로구 대학로 ३ 길 २९,지하철 १호선 종로 ५가역 २ 번출구 बाट २५० मिटर अगाडि हिमालयन साङ्गीतिक धमाका–२०२४ आयोजना गर्दैछ।
नेपालका ख्याति प्राप्त कलाकारहरु निमा रुम्बा, अस्मिता अधिकारी, मिङ्मा शेर्पा, पाल्मु शेर्पा, गिटारिस्ट सुनिल शाक्य, डिजे AP TENJING शेर्पा, मुस्कान राई लगायत स्थानीय कलाकारहरू सरस्वती तामाङ,सनि थापा मगर, अनिता विश्वकर्माको धमकेदार प्रस्तुति रहने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक थुतुङ गेल्जी शेर्पाले जानकारी दिनुभयो ।
सेप्टेम्बर १७ तारिख दिउँसो २ बजेबाट हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ३५ हजार कोरियन वन तोकिएको छ भने कार्यक्रम स्थलसम्म पुग्नका लागि दोङ्देमुन वाट बसको समेत व्यवस्था गरिएको छ।
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको समन्वयकारी भूमिकामा महासंघ अन्तर्गतको जातीय सस्था हरु सहयोगी सस्था रहेने हिमालयन साङ्गीतिक धमाका २०२४ कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताका लागि आमन्त्रण समेत गरेको छ ।