नेपालमा आइटी व्यवसायको अवस्था र चुनौती

संसारका विकाशित देशहरु विकास हुनुको एक मात्र कारण प्रबिधीको विकास रहेको छ । कुनैपनि देशको सर्वांगीण विकासमा आइटी क्षेत्रको व्यवसायीकरण हुन जरुरी रहेको छ । नेपालमा आइटी व्यवसयको सुरुवात सन १९९३ मा नेपालमा इन्टरनेटको अगमन सगै सुरु भएको पाइन्छ । नेपालको पहिलो निजी आइटी कम्पनीको रुपमा सन १९९४मा Mercantile Communication स्थापन भएको थियो । यसको लगतै एक वर्ष पछि नेपालमा अर्को कम्पनी वल्ड लिङ्क नेपालको स्थापना भएको थियो । यसरी नेपालमा २०१९ सम्मको तथ्याङ्क अनुसार ११ ठुला ISP इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीहरुको स्थापना भई सकेका छन भने अन्य हजारौ संख्यमा आइटी कम्पनीहरुको स्थापाना भएको पाइन्छ ।

सन २०१० देखी २०२० सम्मको दशकमा प्रविधीको क्षेत्र लगानिकर्ताहरुको पहिलो रोजाइमा पर्दै आएको छ । विशेषगरि युवा उद्यमीहरुको पहिलो रोजाइमा पर्ने गर्छ । यस व्यवसाय नेपालको वर्तमान अवस्था स्वार्णिम रुपमा रहेको छ । वेब डिजाइन, एप्लिकेशन डेभलपमेन्ट, वेब होस्टिङ, डोमेन रजिस्ट्रेशन जस्ता सेवाहरु दिदै संचालनमा रहेका १०० उत्कृट आइटी व्यवसयको नाम सार्वजनिक गर्दै २०१२ मा एक अध्ययानले देखाइएको थियो । एभरेष्ट लिष्ट नामक अनलाइन पोर्टलमा प्रकाशीत उक्त सर्वेक्षण डियरअल्क टेक्नोलोजी नामक आइटी कम्पनी संगको सहकार्यमा गरेको थियो ।

माथी उल्लेखीत अध्ययनलाई आधार मन्ने हो भने नेपालमा २०१० तिरनै धेरै जनशक्ति आइटी व्यवसायमा संलग्न रहेको पाईन्छ । मैले १० वर्ष नेपालको आइटी क्षेत्रमा बौद्धिक श्रमिकको रुपमा काम गर्दा यस क्षेत्रमा कार्यलय व्यवस्थापन, कार्यशैली, कर्मचारी व्यवस्थापन, र कर्मचारीले पाउने सुविधाहरु युरोप तथा अमेरीका सरह रहेपनि कर्मचारीको परिश्रमिक भने अलि न्युन रहेकोले देखेको छु त्यसैले पनि अधिकंश दक्ष जनशक्तिलाई नेपालमै टिकाउन सकिरहेको छैन् । साथै आइटी क्षेत्रमा काम गर्दा निरन्तर नयाँ कुराको खोज, अनुसन्धान र प्रयोग कार्यालय मात्र नभई अन्य समयमा पनि गरि राख्नु पर्ने भएकोले कर्मचारीलाई सधैं आफ्नो परिश्रमिक माथी गुनासो रहेको पनि नेपाली आइटी क्षेत्रमा पाएको छु । नेपालमा उत्पादन भएको आइटी क्षेत्रका दक्ष जनशक्तिहरु संसारको विकसित कम्पनीहरुमा समेत काम गरि रहेका धेरै उदहरणहरुले नेपालको आइटी क्षेत्रका दक्ष जनशक्तिहरु विश्व स्तरको रहेको र नेपालको अधिकंश ठुला आइटी कम्पनीहरुको सेवा सुविधा अन्य तेस्रो राष्ट्रलाई दिइ रहेकाले नेपाली आइटी कामदारहरुको गुणस्तर उत्कृट रहेको बुझ्न सकिन्छ ।

नेपालमा आइटी व्यवसायको वर्तमान अवस्था कस्तो छ भन्ने जिज्ञासा विगत लामो समय देखी आइटी क्षेत्रमा काम गर्दै आएको सफ क्रन्चका संचालक इन्जिनियर सुमन लम्साल भन्छन विश्वमा आइटि भनेको अब मान्छेको आधारभुत आवश्यकता भै सक्यो तर हाम्रोमा चाहिँ यसलाई अझै पनि प्रयोगको रुपमा हेरिने गर्छ, दक्ष जनशक्ती धेरै पलायन भाईसकेका छन । कमजोर सेवा सुबिधाका कारण नेपालको काम गर्दैनन, अधिकांश नेपालको आइटिमा काम गर्ने युट्युबमा हेरेर आइटी बिज्ञ बनेकाहरु छ्न, त्यसकारण यो विश्वासिलो बन्न सकेको छैन । तर सरकारी तवरबाटै अब यसलाई बलियो बनाउन सुरु गरेका कारण यो छिट्टै नै पुर्ण व्यावसायिक क्षेत्र हुनेमा भने विश्वास्त हुन सकिन्छ । नेपालको अधिकंश प्रतिनिधी पात्रहरु यस क्षेत्रमा आशावादी रहेका छन अब चाडै नै यो क्षेत्रमा बिकास हुन्छ भन्नेमा ।

अनलाइन बैकिङ कारोवार, अनलाइन किनमेल गर्न मिल्ने वेब एप्लिकेशनहरुको विकाससगै नेपालको आइटी क्षेत्रमा पछिल्लो समय नयाँ आयाम थपिएको पाइन्छ । यसरी प्रविधिको प्रयोगले देशको सामाजिक तथा आर्थिक क्षेत्रको बृद्दि विकासमा बृहत सम्भावना बोकेको छ ।

अहिलेको २१औं सताव्दीलाई विधुतिय पूर्वाधारमा आधारित शिक्षा निती बनाउनको साथै इन्टरनेट ब्रोडब्याण्ड च्यानलहरु, कम्पुटिंग पावर, ब्यान्डविथ सम्बन्धि प्रावधान, डाटा भण्डारण, सफवेयर कपि राइट इत्यादी समावेश गरी सुचना प्रविधी निती निमार्ण गरी विश्व व्यापीकरण प्रविधीको चुनौतीहरुको सामना गर्न गुणस्तरीय पूर्वधारमा लगानी गरी अध्ययन अनुसन्धान र विकासलाई बढावा दिइ टेक्नोलोजीमा दक्ष , बौद्धिक जनशक्ति व्यवस्थापन गर्न सके देशले अर्को आर्थिक सम्ब्रिदीको नयाँ उचाइ कायम गर्न सक्छ ।

लेखक १० वर्ष लामो समय आइटी व्यवसायमा हुदै सिनियर वेब डेभलपर रही काम गरि सकेको हुन

गेल्छिरी शेर्पा
हाल दक्षिण कोरिया

प्रकाशित मिति ११ श्रावण २०७७, आईतवार ११:१८