सरकारलाई खबरदारीकाे लागि, सास आन्दाेलन

यतिबेला नेपाली जनता काेराेना कहरले छटपटाई रहेका छन्। अझ काेराेनाले भन्दा पनि अस्पतालमा वेडकाे अभाव र अक्सिजनकाे अभावमा धेरै ब्यक्तिहरुकाे ज्यान गईरहेकाे कहालीलाग्दो समाचारहरु विभिन्न टेलिभिजन,पत्रपत्रिका, एफएम रेडियो र सामाजिक सञ्जालहरुमा वेगरल्ति आईरहेका छन्।

आम सर्वसाधारण काेराेना त्रास र निषेधाज्ञाले एकातिर बिहान बेलुका छाक कसरी टार्ने पिरलाे छ,अर्कोतिर काेराेना संक्रमण भयाे भने कसरी बांच्ने भन्ने त्रासले प्रत्येकलाई छट्पटीमा पारिरहेकाे छ। सरकार भने काेराेना भ्याक्सिनकाे जाेहाे गर्ने र गाँस बासकाे समस्यामा परेकालाई कसरी बैकल्पिक उपाय खाेजी गर्ने भन्दा पनि, अनेकौं थरि षड्यन्त्र र जालझेल गरेर सत्तामा कसरी टासिरहने, संविधानमा भएका कम्जोरीका छिद्रहरुलाई धुईपत्ताल खाेजेर सत्ताकाे अायुलाई २/४ दिन मात्रै भएपनि कसरी लम्ब्याउन सकिन्छ भनेर अनेकौं धुर्त्याई र चलाखी अप्नाउदै कात्राेमा पनि धेरै भन्दा धेरै कमिसनकाे कहाँ र काेवाट आउछ भनेर निर्लज्ज बारगेनिङ गरिरहेका छन्। अझ असंवैधानिक र अलाेकतान्त्रिक ढंगबाट काम कुरा एकातर्फ कुम्लो बाेकी प्रतिगमन तर्फ भनेझैं,बेला न कुबेला असंवैधानिक मध्यवादी निर्वाचनको घाेषणा गर्दै,अाम सर्वसाधारणलाई जीवन जिउने अाशाका भ्याक्सिन दिन नसकिरहेको बेला, अक्सिजन अभावमा जनताकाे ज्यान गईरहेकाे बेला र काेराेना त्रास र निषेधाज्ञाले अाम नागरिककाे जिउने अभिलाषा हराउँदै गईरहेकाे बेला समय नपुग्दै असंवैधानिक रुपमा मध्यवादी निर्वाचनको घाेषणाका नाममा ,अरबाै अरव राज्यकोष दुरुपयोगकाे दुस्साहस गर्दै, गैरजिम्मेवारीपुर्ण नाटकहरु मञ्चन गरिरहेकाे छ। यस्तो बेलामा तपाईं हामीले चारैतिरबाट दबाब सिर्जना गरि नागरिक प्रति सरकारलाई उत्तरदायी बनाउन केही न केही उपाय गर्नै पर्ने परिस्थिति देखिएकाे छ। याे कहरकाे बेला स-शरिर अान्दोलनका कार्यक्रमहरु गर्न सकिने अबस्था छैन।

त्यसैले सामाजिक सञ्जाल मार्फत जनतालाइ जागरण गराउन “सास अान्दोलन मार्फत जनता जागरण” गराई याे सरकारले गरेक बिभिन्न असंवैधानिक, अलाेकतान्त्रिक,प्रतिगामी,स्वच्छाचारी र गैरजिम्मेवार हरकतहरुकाे भण्डारफाेर गर्दै, एक जिम्मेवार नागरिक हुनुकाे जिम्मेवारी निर्वाह गरौं भन्ने हार्दिक अाग्रह गर्दछु।
सास अान्दोलन
मध्यवधि चुनाव हाेईन,
भराेसयुक्त भ्याक्सिन देउ ! सत्ता लम्बाउनेअध्यादेश हाेईन,
जिवन बांच्नेअक्सिजन देउ!
आश्वासनकाे भाषण हाेईन,
छाक टार्ने रासस देउ!

प्रकाशित मिति १० जेष्ठ २०७८, सोमबार १७:३४