✍️ ल्हाक्पा गेलु शेर्पा
सोलुखुम्बु

समाजमा “झोले” शाब्दिक अर्थ (अर्काको झोला बोक्ने‚ झोला भएको रसदार‚ झोला भिरेर हिँड्ने हो। तर आज यो शब्द एउटा नयाँ‚ तर केही हदसम्म नकारात्मक अर्थ ग्रहण गर्न थालिसकिएको देखिन्छ । एक समय थियो ‚जब नेता भन्नासाथ सामाजिक चेतनाका वाहक‚ निःस्वार्थ सेवा भावले ओतप्रोत र आम जनताको पक्षमा आवाज उठाउने व्यक्तिहरू सम्झिन्थे। उनीहरू समाजमा परिवर्तन ल्याउने अभियन्ता मानिन्थे। तर पछिल्लो समयमा यही शब्द राजनीतिक  र वैचारिक अन्धभक्तहरूको प्रतीक बन्न पुगेको छ। अहिले “झोले” भन्नासाथ विवेक भन्दा पार्टी‚ सत्यता भन्दा नेता र देशभन्दा दल ठुलो ठान्ने व्यक्तिको छवि पर्दामा आउँछ।

यस प्रकारको “झोलेपन” ले हाम्रो लोकतान्त्रिक मूल्य मान्यता‚ देशको हित र नागरिक चेतनालाई कमजोर बनाइरहेको देखिन्छ। हरेक चियापसलमा देशको भन्दा पार्टी र नेताहरूको व्यक्तिगत दृष्टिकोणलाई आधार मानी झोलेहरु विचको बहस धेरै पटक सुनिन्छ। (एमाले‚ काँग्रेस र माओवादी) यस्तो लाग्छ कि यि दलहरूको सदस्यता नलिए त मान्छे नै होइन। टोले नेता देखि सत्ता सम्माका नेताहरूको गुनगान गाउनुपर्ने‚ सबथोक मान्दिनुपर्ने वा कस्तो खालको लोकतन्त्रको अभ्यास गर्दै छौ। वास्तामा ‚लोकतन्त्रको सार नै आलोचना र प्रश्न गर्न स्वतन्त्रता मानिन्छ। तर आजको यथार्थमा‚ आलोचना गर्नेहरूलाई देशद्रोही वा विपक्षीको एजेन्ट भन्दै दुस्मन ठान्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यही मानसिकता “अन्धभक्त झोले” हरूको झुण्ड प्रशस्त छन । नेताले गल्ती गरे पनि आँखामुनि पर्दा हाल्ने‚ र त्यसलाई “रणनीतिक कदम” भनेर बचाउ गर्ने यो किसिमको सोच र मानसिकताले हाम्रो चेतन र विवेकलाई निस्तेज बनाएको छ।

राजनीतिक चेतना भनेको अन्धविश्वास होइन‚ विश्लेषणात्मक सोच हो। सधैँ देश र जनताको हकहितको निमित्त लडी राख्नु हो। तर झोले पनको रोगले यति गहिरो असर पुर्‍याएको छ कि आज सत्य र असत्य‚ कर्तव्य र चाकरी बीचको रेखा पनि धमिलिदै गएको छ। धमिलो पानीमा माछा मार्न खोज्नेहरू यत्रतत्र छ। अन्धभक्त झोलेहरूको विचारमा नेता र दलको आलोचना गर्नु शत्रुता हो‚ प्रश्न गर्नु अपराध हो। यस्ता सोचले केवल समाजमा विभाजन ल्याउँछ “हामी” र “तिमी” बीचको दूरी दिनानु बढाउँछ‚ जसले समाजमा संवादको संस्कृति समेत हराउँदछ।

यथार्थमा‚ विचार फरक हुनु लोकतन्त्रको सौन्दर्य हो। बहस‚ विवाद र तर्क लोकतान्त्रिक अभ्यासका आवश्यक अंग हुन्। तर जब बहसलाई निन्दा र विरोधलाई विद्रोह ठानिन्छ‚ त्यतिबेला लोकतन्त्र सड्न थाल्छ। यही अवस्थामा विवेकशील नागरिकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। विवेकशील नागरिकले नेताको कार्यको मूल्यांकन गर्छ नामको पूजा गर्दैन। कुनै पनि ब्याक्तिलई देवात्वाकरण गरिदैनन् उसले राम्रो कामको प्रशंसा गर्छ‚ तर गलत कदममा मौन बस्दैन।

हामीले बुझ्नुपर्ने कुरा के हो भने नेताको पूजा गर्नु देशभक्ति होइन। देशभक्ति भनेको राष्ट्र‚ जनताको अधिकार र न्यायप्रति निष्ठा हुनु हो। सत्यका पक्षमा उभिन सक्ने साहसिक नागरिक नै साँचो देशभक्त हो। अन्धभक्त झोलेहरूले समाजलाई कहिल्यै अघि बढाउँदैनन्‚ बरु पछि तान्छन्। उनीहरूको नेताहरूको चकाडी र चाप्लुसी गरि व्यक्तिगत स्वार्थ पुर्ति गर्न ताल्लिन हुन्छन् ।जसमा निष्ठा विवेकविहीन भएकाले‚ नेताहरूको पनि जवाफदेहीपन हराउँछ। जसले गर्दा आखिर‚ जहाँ प्रश्न मर्छ‚ त्यहाँ प्रगति र उन्नति  पनि मर्ने गर्दछ ।

त्यसैले‚ “झोले” बन्नु आफैंमा गलत हो । यदि त्यो झोले विवेकशील‚ शिक्षित र जिम्मेवार हो भने। देशको आज यो आवस्था सृजाना हुदैन थियो होला। यस्तो अन्धभक्त नबनौं कि‚ सत्य न्याय र देशभन्दा नेता ठूलो देखियोस्। लोकतन्त्र नेताहरूको स्वामित्व होइनस यो जनताको शासन हो‚ जसको मेरुदण्ड सचेत नागरिक हुन्।

अन्ततः‚ हामी सबैले आफूभित्रको झोलेपन पहिचान गर्न आवश्यक छ। हामीले निष्ठा र विवेकबीच सन्तुलन कायम गर्न सिक्नुपर्छ। नेताको प्रशंसा गर्नु ठीक छ‚ तर अन्ध अनुसरण कहिल्यै होइन। चेतनशील झोले नै लोकतन्त्रको असली पहरेदार हो जो सत्यका पक्षमा बोल्न डराउँदैन‚ र देशका लागि सधैं विवेकको उज्यालो दियो जलाइरहन्छ।
धन्याबाद
ल्हाक्पा गेलु शेर्पा(Gel Woo)
थुलुङ दुधकोशी (९ ‚सोलुखुम्बु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय