सोलु दुधकुण्ड नगरपालिका ८ को वनमा लागेको डढेलो  नियन्त्रण बाहिर

सोलुखुम्बु :  सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ८ केरुङ सिगाने स्थीत वनमा डढेलो फैलिएको छ । निजि वनमा आज शनिवार दिउँसोबाट सुरु भएको  डढेलो नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो।

उहाँका अनुसार डढेलो नियन्त्रणका लागी पत्तालेबाट प्रहरी परिचालन भएको छ भने स्थानीय समेत संक्रिय  भएका छन । तिब्र गतिमा हावा चलेका कारण डढेलो नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । तत्काल बस्ती भेटने सम्भावना भने नरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

-solu Fm

प्रकाशित मिति ८ माघ २०७९, आईतवार ०७:४८

सम्बन्धित समाचारहरु