आफैँले पालेको गोरुले हान्दा शेर्पा घाईते

सोलखुम्बु : सोलुदुधकुण्ड नगरपालिका ८ केरुङमा गोरुले हान्दा एक बृद्ध घाईते भएका छन् । आफैले पालेको गोरुले हान्दा केरुङका ७२ बर्षिय जाङबु शेर्पा भएका हुन् । मंगलबार विहान बाधेको ठाउँबाट फुकाउने क्रममा गोरुले मान्छेलाई आक्रमण गर्दा शेर्पाको तिग्रा, ढाड लगायतका भागका चोट लागेको पारिवारिक श्रोतले जनाएको छ ।

घाईते शेर्पाको तिग्रामा ७ टाका लगाईएको छ भने ढाडको हड्डी भचिएको अनुमान गरिएको विकेश मेडिकल हल पत्तालेका अहेब विनोद मगरले जानकारी दिनुभयो । उपचारर्थ शेर्पाकोे अवस्था अहिले सामान्य रहेको अहेब मगरले बताउँनुभयो ।

प्रकाशित मिति ११ चैत्र २०७७, बुधबार ०८:५३