खुम्बु : संसारकै प्रमुख पर्यटकीय गन्तव्य मानिने सोलुुखुम्बुको खुम्बु क्षेत्रमा ‘पर्यटकीय मौसम’ सुरु भएसँगै ब्यववसायी उत्साहित बनेका छन् । लामो समयदेखि कोभिड– १९ को मारमा परेका खुम्बुका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका हुन् ।

होटेल व्यवसायी तथा The World’s Highest Sherpa Art Gallery, Gokyo Thanka Inn का संचालक पासङ छिरीङ शेर्पाले पछिलो समय खुम्बुमा आन्तरिक पर्यटक चहलपहल राम्रो रहेको बताएको छ।

आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले आफुहरु उत्साहित भएको नाम्चेका होटल व्यवसायी लामा काजी शेर्पाले बताउँनुभयो । खुम्बुमा भदौ अन्तिमदेखि कात्तिकसम्म पर्यटकीय मौसम मानिन्छ ।

गत बर्ष स्प्रिङ सिजनमा फाटफुट पर्यटक आए पनि कोरोनाको दोस्रो लहरले पुन प्रभावित बनाएको थियो । कोभिडका कारण दुई बर्ष यता पर्यटक आवगमन ठप्प जस्तै बनेको खुम्बुमा यस बर्ष सुरुवातै चरणबाटै पर्यटक आउन थालेकाले ब्यवसायीहरु खुसी भएको लुक्लाका तेम्बा शेर्पाको भनाई छ ।

उहाँका अनुसार सिजनको सुरुवाती चरणको पर्यटकलाई हेर्ने हो भने यस बर्ष दोब्बर तेब्बरले पर्यटन भित्रीने आशा ब्यवसायीमा छ । हाल आन्तरिक तथा बाह्य पर्यटक गरि दैनिक १५ देखि ६० जनाको हराहरीमा खुम्बु भित्रिने गरेकोे गाउँपालिकाले जनाएको छ ।

तस्बिर पासङ छिरीङ शेर्पा पूर्व केन्द्रिय सदस्य शेर्पा संचार समूह नेपाल

-Source: SoluFM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय