खुम्बु गाउँपालिका कार्यप्रति पहिला विरोध अहिले सम्मान

सोनाम याङ्जी शेर्पा, सोलुखुम्बु दुई वर्ष अघि खुम्बु पासाङ ल्हमु गाउँपालिकाको निर्णयको ्विरोधमा उत्रियका अधिकांशा प्रर्यटक पथ प्रदर्शक ( गाईड) हरु हिजोआजा खुम्बु पासाङ ल्हमु गाउँपालिकाको तरिफ गर्न थालेका छन् । स्थानिय सरकार आए लगतै स्थानिय सरकार संचालन ऐन बमोजिमको अधिकार प्रयोग गरि खुम्बु पासाङ ल्हमु गाउँपालिकाले २ वर्ष अघि सन् २०१७ अक्टोबर एक तरिख देखि खुम्बु क्षेत्रमा टिम्स कार्ड नचाहिने र प्रति पर्यटक रु.२ हजारको दरले पर्यटन शुल्क उठाउन थाले लगतै गाउँपालिकाले आफू खुःशी पैसा असुलेको बन्दै अधिकांश पर्यटन व्यावसायी तथा गाईडहरुले व्यापक विरोध जनाएका थिए । गाउँपालिकाले आफु खुःसी पर्यटन शुल्क असुल्न लागेको भन्दै विरोध जनाउने कतिपय गाईडहरु भने खुम्बु पासाङल्हमु गाउँपालिकाको कार्य प्रति खुःसी व्याक्त गरेका छन् ।

गाउँपालिकाले विकाशको प्रमुख योजनाको रुपमा सडक सञ्जाललाई लिएको पाईन्छ । सदरमुकाम सल्लेरी जोड्ने सडकले तीव्रता पाएको छ भने लुक्ला देखि आधार सिविर र विभिन्न हिमालतर्फ जाने बाटो निर्माण पनि तीव्र गतिमा भईरहेको छ । सिजनको समयमा आठ नौ हजारको संख्यमा पर्यटक तथा पर्यटन पेशामा आवद्ध मानिस आवत जावत गर्ने बाटोको निर्माण देखेर पर्यटक ताथ पर्यटन पेशमा आबद्व अदिकांशाले खुःशी व्याक्त गरेका छन् । विशेष गरी गाउँपालिकाको वडा नं तीन जोरसल्ले देखि नाम्चे पुग्ने (लार्चा दोभान) बाटोमा भएको परिवर्तनले कतिपय अचम्मित भएका छन् ।

खुम्बु पासङल्हामु गाउँपालिकाले सडक सञ्जालमा गरेको विकाश प्रति टे«किङ गाईड दावा ग्याल्जेन शेर्पाको भन्नुहुन्छ “मैले यो पेशामा काम गरेको करिब वीस वर्ष भन्दा वढी भयो यो अन्तरालमा विभिन्न सरकार आए, जनआन्दोलन भए, खुम्बुको सडक विकाशका लागि विभिन्न सभा सम्मेलनमा मन्त्रि देखि पर्यटन व्यावासायीहरुको भाषाण सुने तर केही परिवर्तन देखिएन, अहिले स्थानिय सरकारको यो विकाश प्रति एकदमै खुःशी छु ।” त्यसतै अर्को गाईड ल्हाक्पा शेर्पा भन्नुहुन्छ “गाउँपालिकाले पर्यटन शुल्क उठाउदा विरोध गर्नेहरु मध्य म पनि थीए तर अहिले पछुतो लाग्छ त्यो सम्झदा स्थानिय सरकारले यति विकाश गर्ला यो त कल्पन गरिएकी थिएन तर खुःशी छु ढिलै भएपनि गाउँपालिका प्रति धन्यवाद व्यक्त गर्न चहान्छु ।”
ह्ुन त यस अगाडि पनि सडक विस्तारमा कार्य भएको नै हो तर प्रयाप्त हुन नसकेका मात्र हो । सगरमाथा राट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रले पर्यटक मार्फत असुलेको ५० प्रतिशत खुम्बुको बिकास कै लागि लगानी हुने गरेको थियो । झिनो अवस्थामा रहेको बाटो निर्माण, वत्ती लगायत अन्य विभिन्न क्षेत्रमा लगानी गर्नु पर्ने भएको हुदा विकाशलाई चाहेको जस्तो भने हुन सकेन । खुम्बु विकाश नहुनुको तितो यर्थाथलाई झैल्दै आएको स्थानिय पनि कहिले विकाश होला भन्ने आशामा नै थियो । अहिले स्थानिय सरकार, सगरमाथा राट्रिय निकुञ्ज लगायत विभिन्न संघसंस्थाहरु खुम्बुको विकाश योजनालाई सहकार्य गर्दै अगाडि बढेको छ यस्ले तत्काल नभए पनि विस्तारै सकरात्मक नतिजा ल्याउन सक्ने आशा गाउँपालिकाले राखिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले बताउनु भयो ।

आर्थिक पाक्षलाई सबल भनाउन गाउँपालिकाको प्रमुख स्रोत पर्यटन क्षेत्र भएको हुनाले विश्वबाट खुम्बु आउने पर्यटकलाई सुविधा दिनु गाउँपालिकाको प्रमुख उदेश्य रहेको पनि शेर्पाले बताउनु भयो । अक्टोम्बर सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको चाप बढ्दै गई रहेको छ । विश्वले रुचाएको खुम्बु क्षेत्र र नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिदै आईरहेको यस क्षेत्रमा जति हुनु पर्ने यो विकास भने हुन सकेको छैन । अझै भनि कतिपय ठाउँमा सञ्चार सुबिधा पुग्न सकेको छैन । शिक्षा, स्वास्थ र सडक सञ्जालले भने विस्तारै फर्को मार्दै छ ।
गाउँपालिकाले पर्यटन शुल्क लिन थाले पश्चात टे«किङमा अबद्व भरियाहरुलर्य टे«किङ अबधि भरिको लागि न्यानो कपडा उपलब्ध गराउदै आईरहेको छ भने पर्यटन आवासको लागि विभिन्न ठाउँमा पोटर सेन्टर निर्माणको काम भई रहेको छ । हल सम्मा तीन पटक गाउँपालिका केन्द्रमा नै गाईड टे«निङ संचालन गर्दैै आई दरहेको छ ।

प्रकाशित मिति २६ आश्विन २०७६, आईतवार ११:०४