दोलखा जिल्ला जिरी नगरपालिका वडा नम्बर २ यलुङ पासाङ तेन्जी शेर्पा सफल किवि खेती गर्ने कृषकको सूचिमा अग्रपंतिmमा आउँने गर्छ । उनी २०७२ साल यता आफ्नै गाउँमा सर्वाखासामा सर्वाखासा कृषि फर्म नै दर्ता गरेर यो व्यवसायमा सक्रिय छन । ५० हजार लगानीबाट सुरु भएको उनको किवि खेती अहिले करोडमा पुगेको छ । ८ सय बोटबाट सुरु गरेको उनको किवि खेती यात्रा अहिले ९० रोपनी जग्गामा झन्डै १ करोड ५० लाख बराबरको लगानी गरिसकेका छन । लगानी गरे अनुसार आम्दानी हुन अझै केहि वर्ष लाग्छ तर योजना ठुलो छ । किविको जुस वाइन उत्पादन गर्ने सोच छ त्यसैले अझै विस्तार गर्दैछु उनले भने । आसपासका क्षेत्रहरुमा किवि खेती गरेको भए पनि सार्वाखासामा भने उनको मात्र किवि खेती छ । उनले किवि फलका बारेमा विदेशमा काम गर्ने क्रममा थाह पाएको बताए ।
विदेश यात्रा र राजकुमार दिपेन्द्रको प्रभाव
२०४८ सालमा एसएलसी दिएपछि उनको परदेश यात्रा सुरु भयो । उनी मोजा ,चिया बेचेर केहि वर्ष काठमाडौमा बसे । तर केहि नहुने देखेपछि भारततर्फ लागे । त्यहाँ पनि खासै भविष्य नदेखे पछि केहि वर्षको भारत बसाई बीट मार्दै काठमाडौ फर्के । त्यसपछि उनले खाडी मुलुक जाने निर्णय गरे । २०५४ सालमा रोजगारीका लागि कुवेत पुगे । कुवेतको परराष्ट्र मन्त्रालयमा रहेको क्यान्टिनमा टि बोई पोष्टमा रहेर झन्डै साढे दुई वर्ष काम गरे । उनको खाडी मुलुक त्यस बेलाका लागि वीट मार्ने निधो गरे । कारण थियो राजकुमार दिपेन्द्रसँगको भेट र दिपेन्द्रले पढाईको विषयमा बाँडेको ज्ञान । शेरेटोन होटलमा राजकुमार दिपेन्द्रसँग भेट भयो । नेपालको राजपरिवारमा पिएचडी गर्ने कोहि छैन । म नेपालको राजपरिवारको तर्फबाट जसरी पनि यो पुरा गर्छु र देश विकासमा काम गर्ने कुरा सुनाउनुभ भयो । उहाँको यो कुराले मलाई पनि पढ्ने इच्छा जाग्यो । त्यसपछि कुवेतको बसाईलाई विदा गर्दै नेपाल फर्किएको सुनाए । पासाङ २०५६ साल तिर नेपाल फर्किए र कुवेतमा कमाएको पैसाले पशुपति नजिकै सानो कपडा पसले खोले र आफ्नो उच्च शिक्षा लिने सपना पुरा गर्न पशुपति क्याम्पसमा भर्ना गरे । अर्थशास्त्र र मेजर अग्रजी विषय लिएर अध्ययन सुरु गरे । कक्षा ११ पास गरे तर अचानक २०५८ साल जेठ १९ गते राजपरिवारको सामूहिक हत्या भयो । देशमा संकटकाल सुरु भयो । सानो व्यवसाय टिक्ने वातावरण भएन । अर्को राजाको छोराको त यो अवस्था हुन्छ भने हाम्रो के भविष्य होला भनेर हरेश खाएँ अनि पढाई छोेडेर केहि वर्षपछि विदेश नै जाने निधो गरेँ पासाङले सुनाए । उनले थाईल्यान्ड,मकाउ, मन्जो हुँदै दुवई पुगेर उनको विदेश यात्रा २०१८ मा नेपाल फर्किए । त्यसपछि काठमाडौमा नै सानो होटल व्यवसाय सुरु गरे जुन अहिले पनि सञ्चालनमा छ । दुवईको होटलमा काम गर्दा किवि फल यसको जुस लगायतका विषयमा जान्ने अवसर पाएको उनले बताए । २०७२ सालमा आफ्नै गाउँमा ८ सय बोट किवि फलको विरुवा लगेर लगाए र किवि खेती कृषकका रुपमा काम सुरु गरेका हुन ।
उनले हेवर्ड,अलिसन,वुर्नु रेड किवि, गोल्डेन लगायतका प्रजातिका किवि लगाएका छन ।
पुरस्कारहरु
उनले किवि खेतिबाट नै विभिन्न जिल्लाहरु घुमिसकेका छन । विभिन्न महोत्सवहरुमा भाग लिई सकेका छन । शेर्पाले हालसम्म उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कार २०७४, उत्कृष्ट ५ प्रतिस्पर्धी कुषक राष्ट्रिय शिखर कृषक अवार्ड २०७४,विभिन्न कृषक पुरस्कार तथा कृषि क्षेत्रमा टेवा पु¥याए वापत सम्मानित भईसकेका छन ।
नेपाल कृषि प्रधान देश भएकाले बजार व्यवस्थापन र कृषिमा आधुनिकीकरण गर्न सके नेपालमा नै ठुलो सम्भावना भएको उनको भनाई छ ।
ताजा समाचार
लोकप्रिय
© 2026 Himali sandesh