सोलुखुम्बु : नेचामा पहिलो पटक ग्याल्पो ल्होसार सांस्कृतिक साँझ हुने

सोलुखुम्बु : सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकामा पहिलो पटक ग्याल्पो ल्होसार सांस्कृतिक साँझ कार्यक्रम हुने भएको छ।

हिमाली शेर्पा सांस्कृतिक समाज, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र नेचासल्यान र नेपाल शेर्पा संघ चिसंखुगढी गाउँपालिकाको संयूक्त आयोजनामा कार्यक्रम हुने भएको हो । गाउँपालिकाको वडा नम्बर १ अहालेमा ल्होसार साँझ तथा श्याब्रु प्रशिक्षण कार्यक्रम समापन गर्ने उद्धेश्यले फागुन २९ र चैत १ गते कार्यक्रम आयोजना गर्न लागेको  बताइएको छ ।

 “संस्कृति, सभ्यता र इतिहासको रक्षा, पहिचान र अधिकारसहितको शेर्पालुङ स्थापना हाम्रो लक्ष्य” भन्ने आदर्शसहित कार्यक्रम हुने जनाएको छ । कार्यक्रममा लोसार शुभकामना आदनप्रदान, वृहत श्याब्रु नृत्य प्रतियोगिता, शेर्पा सांस्कृतिमा आधारित शिली तथा श्याब्रु नृत्य प्रदर्शन, विविध कार्यक्रमहरु हुने जनाइएको छ ।

चर्चित कलाकारहरु दावा के शेर्पा, टेलिसिरियल सक्कीगोनीका कलाकारहरु हरि निरौला कक्रोज र सागर लम्साल बले विख्यात डिजे छेवाङ डिजेइङ, मनराज राई, आङ तेन्जीङ शेर्पा, सुस्मा राई, विनु गुरुङ, अनुषा राई लगायतको कार्यक्रममा प्रस्तुती रहने छ।

साथमा स्थानीय कलाकारहरुको समेत मौलिक प्रस्तुती रहने छ।

प्रकाशित मिति २६ फाल्गुन २०७७, बुधबार १५:०६