मेरापिकमा फसेका एक जना सम्पर्क विहीन, तीनको अवस्था गम्भिर

सोलुखुम्बु : मेरापिक क्षेत्रमा फसेका १० जना नागरिक मध्ये तीन जनाको अवस्था जटिल बनेको बताइएको छ । एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार मेराला ओडारमा बसेका ४ मध्ये तीन जनालाई गम्भिर अवस्थामा भेटिएको छ भने एक जना सम्पर्क बिहिन छन् ।

महाकुलुङको खारेबाट गएका सात जना क्लाइबीङ गाइडले उनीहरुलाई उद्धारको प्रयास गरिरहेको भएपनि मौसम प्रतिकुल हुँदा समस्या भएको उहाँको भनाई छ । “हेलिकोप्टर पनि जान सकेको छैन, बोकेर ल्याउने अवस्था समेत कम भएपनि प्रयास जारी छ ।” कार्कीले भन्नुभयो, “हिजो देखि हेलिकोप्टर तयारी अवस्थामा राखिएको भएपनि जान सकेको छैन, अहिले पनि म नेपाल पर्वतारोहण संघ मै छु, मौमस खुल्ने बित्तीकै हेलिकोप्टर जान्छ ।”

उनीहरुको उद्धारका लागि नेपाल पर्वतारोहण संघ र निजि ट्रेकिङ कम्पनीले हेलिकोप्टर तयारी अवस्थामा राखेका छन् । तर मौसम अनुकुलु नहुँदा समस्या भएको बताइएको छ ।

हाईक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भएपनि मेराला ओडारमा फसेकाहरुसँग कुनैपनि खानेकुरा नहुँदा समस्या भएको उहाँको भनाई छ ।
-solu fm

प्रकाशित मिति ३ कार्तिक २०७८, बुधबार १७:२२

सम्बन्धित समाचारहरु