सोलुखुम्बुको मेरा क्षेत्रमा लडेर एक आरोहीको ज्यान गयो

सोलुखुम्बु : सोलुखुम्बुको मेरापिक क्षेत्रमा लडेर  एक आरोहीको ज्यान गएको छ । आज (शुक्रबार) मेरापिक आरोहण गरेर फर्किर्दै गर्दा हाइक्याममा लडेर ३९ वर्षीय ब्रिटिस नागरिक फायन एलेक जार्नाड क्रिष्टायनको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषीराज ढकालका अनुसार हाइक्याममा चिप्लिएर लडेर बेहोस भएका क्रिष्टायनलाई हेलिकप्टर मार्फत उद्धार गरि पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्ला लैजाने क्रममा बाटैमा ज्यान गएको हो । मृतकको शव पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्लामा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मौसम प्रतिकुलताका कारण आज हेलिकप्टर उडान हुन नसकेकाले शव भोली मात्रै काठमाण्डौँ पठाइने अस्पतालले जनाएको छ । क्रिष्टायन सहितको टोली हिमालय स्टेट  कम्पनी लिमिटेड काठमाण्डौँ मार्फत कातिक १० गते मेरापिक पुगेका थिए ।

-source:solu FM

प्रकाशित मिति १९ कार्तिक २०७८, शुक्रबार १७:२६

सम्बन्धित समाचारहरु