मिस टिन एण्ड मिस्टर टिन शेर्पाको उपाधि डोल्मा र युगेनलाई

काठमाडौँ –  मिस टिन शेर्पा २०२१ को उपाधि डोल्मा छिरिङ शेर्पाले प्राप्त गरेकी छिन् । काठमाडौँमा आइतवार सम्पन्न प्रतियोगितामा ९ प्रतिस्पर्धीलाई उछिन्दै डोल्माले उपाधि जितेकी हुन् । यता मिस्टर टिन शेर्पा २०२१ को उपाधि युगेन शेर्पाले हात पारेका छन् । युगेनले पाँच प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उपाधि जितेका डोल्मा र युगेनाले ताज सहित जनही २० हजार रुपैयाँ नगद हात पारेका छन् ।

प्रतियोगितमा मिस टिन शेर्पातर्फ डोल्मा शेर्पा र मिङमा शेर्पा फस्ट र सेकेण्ड रनर अप बनेका छन् । यस्तै मिस्टर टिन शेर्पा तर्फ दावा जाङबु शेर्पा  र गौतम शेर्पा  फस्ट र सेकेण्ड रनर अप भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, विशेष अतिथि नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा सहभागी थिए ।

संघका अध्यक्ष गेल्जे शेर्पा लामाले प्रतियोगिताले शेर्पा समुदायको किशोर र किशोरीमा रहेको प्रतिभा प्रस्फुटन गराउने बताउनुभयो । उहाँले यस्ता खालका अवसरले आत्मविश्वास बढाउन समेत मद्दत गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङले यस्ता कार्यक्रमले किशोर किशोरीको व्यक्तित्व विकास हुने बताउनुभयो । उहाँले शेर्पा समुदायको हक आधिकरका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यसपालिको प्रतियोगिता मिस एण्ड मिस्टर टिन शेर्पाको तेस्रो संस्करण हो । प्रतियोगिता गौतम बुद्ध फिल्म्स प्रालिले सन् २०१९ देखि आयोजना गर्न थालेको हो । शेर्पा समुदायको किशोर किशोरीहरुमा भएको खुबीलाई प्रस्फुटन गराउन र आत्मबल बढाउन प्रतियोगिता गरेको संस्थाले जनाएको छ ।
Source:Yoho khabar

प्रकाशित मिति २६ माघ २०७७, सोमबार ०८:३८