सगरमाथाको उचाइ र विदेशी मुद्रा कमाई एक सिंहावलोकन

नेपालमा आठहजार मिटरभन्दा माथिका मान्यता प्राप्त १४ वटा हिमाल छन् । निकट भविश्यमै १४ बाट १७ वटा हुँदैछन् । कसरी र किन ? सो बारो पछि छुट्टै लेखौंला । त्यस्तै सातहजार पाँचसय मिटरसम्मका हिमाल ४० वटा छन् । ६ हजार मिटरदेखि सातहजार पाँचसय मिटरसम्मका १२ सय ५३ वटा हिमाल छन् । समुन्द्र सतहदेखि नाप्दा हालसम्मकै विश्वको अग्लो हिमाल नेपालै छ । जुन हिमाललाई नेपाली भाषामा सगरमाथा र अंग्रेजी भाषामा एभरेस्ट भनेर चिनिन्छ । जुन हिमालको आदि–अनादि कालदेखि रहँदै आएको असली र पूरानो नामचाहिँ ‘–चोमोलुङमा’ हो । तर, यो नाम (‘चोमोलुङमा’) सुन्ने बित्तिकै नेपालका राष्ट्रवादी कामरेडहरु यो त ‘भोटे’ नाम होइन र ? भनी प्रश्न गर्ने गर्छन् । जे होस्, यो प्रसंगलाई यही छाडौं ।

विसं २०७२ मा नेपालमा गएको भूकम्पपछि काठमाण्डौ उपत्यका लगायत केही ठाउँमा केही सेन्टीमिटर भए पनि उचाई बढेको पाईएपछि सगरमाथा हिमालको पनि उचाई थपघट भएको हुन सक्छ भनी सगरमाथाको नयाँ उचाई लिनुपर्ने माग त्यही वेला उठ्यो । त्यसैले लगभग दुई वर्षअघि नेपाल सरकारले ‘सगरमाथा’ को नयाँ उचाई पत्ता लगाउनका लागि नापजाँचको काम गर्न तत्कालीन भूमिसुधार मन्त्रालय (हाल भूमि व्यवस्था मन्त्रालय) अन्तर्गत रहेको नापी विभागलाई कार्यादेश दिएर जिम्मासमेत दिएको थियो । तर, लगत्तै सुरु भएको कोरोना महामारी लगायतका अन्य कारणले गत २३ मंसिर, २०७७ मा मात्रै ‘सगरमाथा’ को नयाँ उचाईको घोषणा गरियो । सो कार्य नेपाल सरकार र चीन सरकार संयुक्त रुपमा गरेको गरेको थियो । नेपाल र चीनको सो संयुक्त घोषणाअनुसार अब ‘सगरमाथा’ को नयाँ उचाई आठहजार आठसय ४८.८६ सेन्टीमिटर कायम रहेको छ । यसअघि नेपाल सरकारले आठहजार आठसय ४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाई मान्दै आएको थियो भने, चीन सरकारलेचाहिँ आठहजार आठसय ४४.४३ सेन्टी मिटरलाई आधिकारिक उचाई मान्दै आएको थियो । त्यस्तै अमेरिका, इटली, स्वीट्जरल्यान्ड आदि देशले भने, सगरमाथाको उचाई आठहजार आठसय ५० मिटर रहेको भन्दै मान्दै आएको अवस्था रहेको थियो ।

यो लेखमा थोरै सगरमाथा आरोहणको इतिहासबारे र थोरै सगरमाथाको उचाईबारे लेख्ने प्रयास गरिएको छ । ऊ वेला अर्थात् ‘एभरेस्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामहरु अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५ औं चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरु अड्कल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरु अलग्गै हुन् भन्ने पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । अभैm पनि पर्वतारोहण क्षेत्रमा लागेका पर्वतारोहीहरु र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरु (धेरै जसो विदेशी लेखकहरुले) ले चाहिँ ‘चोमोलुङमा’ भनी लेखेको÷बोलेको पाईन्छ÷देखिन्छ । स्मरणीय छ, सन् १८५६ मा बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम –‘माउन्ट एभरेस्ट’ राखिएको थियो । सो वेला सर जर्ज एभरेस्ट भने आप्mनो सेवा अवधि सकेर बेलायतको इङल्यान्डमा ‘रिटायर लाइफ’ बिताई रहेका थिए । उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । नोटः माथिका विभिन्न नामहरुमध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिईएको हो ।

त्यस्तै ‘सगरमाथा’को उचाईका सम्बन्धमा पनि सुरु–सुरुमा एक रुपता थिएन । कहिले आठहजार आठसय ८८ मिटर, कहिले आठहजार आठसय ४० मिटर, कहिले आठहजार आठसय ५० मिटर, कहिले आठहजार आठसय ७२ मिटर, कहिले आठहजार आठसय ४४.४३ मिटर, कहिले आठहजार आठसय ४८ मिटर आदि भनी प्रचारमा ल्याईने गरिन्थ्यो । यस्तो काम बढी जसो युरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोहीहरु र लेखकहरुले गर्ने गरेका थिए । नेपालले आधिकारिक मान्दै आएको उचाई आठहजार आठसय ४८ मिटर जुन थियो, त्यो उचाई सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नापजाँचको आधारमा निकालिएको उचाई थियो । स्मरणीय छ, चीनतर्पmबाट सगरमाथा चढ्ने पर्वतारोहीहरुलाई चीन सरकारले प्रमाणपत्र दिँदा गत वर्षसम्म पनि आठहजार आठसय ४४ मिटरकै प्रमाणपत्र दिने गरेको थियो । जे भए तापनि नेपाल र चीन दुवै देशको ‘भद्र सहमति !’ मा सगरमाथाको नयाँ उचाई आठहजार आठसय ४८.८६ सेन्टीमिटर कायम भएको छ । यसले गर्दा अबका दिनमा चीन तर्पmबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरुलाई चीन सरकारले दिने प्रमाणपत्रमा पनि ‘आठहजार आठसय ४८.८६ मिटर’ नै कायम होला भन्ने आशा गर्न सकिन्छ । सर्व प्रथम सन् १८५२ मा सगरमाथाको उचाई आठ हजार ४० मिटर मानिएको थियो । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरु) र देशै पिच्छे सगरमाथाको उचाई फरक–फरक मान्न थालियो । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा त सगरमाथाको उचाई आठहजार ७२ मिटर लेखिएको छ । त्यस्तै एक पे्रmन्च जोडीले लेखेको एक किताबमा सगमाथाको उचाई आठहजार आठसय ४२ मिटर मात्रै लेखिएको छ ।

यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३४ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यु जिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमण्ड पर्सिभल हिलारीले प्रथम मानवका रुपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । जे होस्, यो वर्षका लागि हालसम्म विदेशी पर्वतारोहीले सगरमाथा आरोहणका लागि ३७ करोड ८० लाख ६७ हजार रोयल्टी तिरेका छन् भने, ३०२ जना विदेशी पर्वतारोहीहरुले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । स्मरणीय छ, लगभग एक हप्ताअघि २०४ जना विदेशी पर्वतारोहीहरुले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए भने, उनीहरुले नेपाल सरकारलाई २१ करोड चानचुन रोयल्टी तिरेका थिए । त्यसो त गत वर्ष सगरमाथा हिमाललगायत अन्य विभिन्न हिमालबाट नेपाल सरकारले विभिन्न देशका पर्वतारोहीहरुबाट सलामी (रोयल्टी) दस्तुरवापत मात्रै ७१ करोड ४८ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो ।

प्रकाशित मिति १५ बैशाख २०७९, बिहीबार १७:२८

सम्बन्धित समाचारहरु