नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखाको तेस्रो अधिवेशन सेप्टेम्बर ५ तारिखमा हुने

नेपाल आदिवासी जनजाति महासंघ(NEFIN)बुसान शाखाको तेस्रो अधिवेशन सेप्टेम्बर ५ तारिखमा हुने भएकाे छ । सेप्टेम्बर ५ तारिख आइतबार हुने अधिवेशन जूम भर्चुअल मार्फत हुनेछ ।

अगस्टको २२ तारिख महासंघ क्षेत्रीय कमिटीको अध्यक्ष रण ब्लोन तामाङकाे अध्यक्षतामा बसेको महासंघ कार्यसमिति, सल्लाहकार समिति साथै महासंघमा आवद्ध जनजाति संस्थाका प्रमुख तथा जनजाति अभियान्ताको संयुक्त बैठकले उक्त निर्णय गरेकाे हाे ।

महासंघको संरक्षक सल्लाहकार रबिन राई संयोजक रहने गरि ५ सदस्यीय निर्वाचन मण्डल पनि गठन गरिएको छ। कोभिड १९ को प्रभाव अझै नरोकिएकोले गर्दा कोरियन सरकारको निर्देशन अनुसार प्रत्यक्ष भेला तथा सम्मेलन गर्न बन्देज रहेकोले जुम भर्चुअल मार्फत अधिवेशन गर्न लागेको महासचिव राम तामाङले बताए । हामीले अधिवेशन प्रत्यक्ष भेटेर गर्न नसके पनि जुम मार्फत सबै साथीभाइलाइ समेट्ने प्रयास हुनेछ । उनले भने । यस ख्याङ्साङनाम्दो क्षेत्रमा रहनु हुने विभिन्न संघ,संस्था,आदिवासी जनजाति अभियान्ता, विद्यार्थी, उद्यामी व्यवसायी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।

-Source:fonijkorea

प्रकाशित मिति १६ भाद्र २०७८, बुधबार १७:१०

सम्बन्धित समाचारहरु