गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौ अधिवेशनको लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आ–आफ्नो महत्वाकाँक्षीका साथ वर्तमान बरिष्ठ उपाध्यक्ष विपिन गुरुङ, व्यवसायी बुद्धि गुरुङ र सामाजसेवी यज्ञराज सुवेदीले उम्मेदवारी घोषणा गरेका हुन् । आगमी कार्यकालका लागि उनीहरुले उम्मेदवार घोषणा गरेका हुन् ।

विपिन गुरुङ वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हो । उनी होटल तथा रेष्टुरेन्ट व्यवसायी हुन् । उनले अध्यक्ष पदको लागि एक औपचारिक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेको हो भने बुद्धि गुरुङ यहाँका पुराना होटल तथा रेष्टुरेन्ट व्यवसायी हुन् । सामाजिक क्षेत्रमा सक्रिया रहेका गुरुङले तमु धिं, रोटरी क्लब, एसिया कल्चर ग्रुप र हाल रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्षमा काम गर्दै आइरहेको छ ।

अर्का उम्मेदवारी सुवेदीले आफूले गरेको सामाजिक अभियान र जिम्मेवारी इमानदारीपूर्वक गर्ने प्रतिबद्धता पनि गरेका छन् । तीन अध्यक्ष पदका आकाँक्षीहरु घोषणापत्र सार्वजानिक गर्दै अहिले सामाजिक सञ्जालमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । अधिवेशनको मिति नजिकिदै गर्दा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । त्यस्तै नयाँ सदस्यता तथा नविकरणको काम तीब्र गतिमा भइरहेको अध्यक्ष लक्ष्मी लामा गुरुङले बताइन् । उनले कोरियाका विभिन्न भौगोलिक क्षेत्रमा पनि अधिवेशनको तयारी भइरहेको बताइन् ।

विगत २४ वर्षदेखी कोरियामा रही व्यापार व्यवसाय गर्दै आउनुभएकी लक्ष्मी लामा गुरुङ्ग २०१७–२०१९ कार्यकालको लागी NRNA कोरियाको अध्यक्ष पदमा पनि हुनुहुन्छ । नम्र मिलनसार एवम् सहयोगी भावानाकी गुरुङ्ग कोरियामा धेरैले रुचाईएको व्यक्ति हुनुहुन्छ ।

कोरियामा एनआरएन अधिवेशन आगामी सेप्टेम्बर २१ र २२ तारिख हुदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय