लिस्बन पोर्तुगल एन आर एन ए पोर्तुगलको निर्वाचन आज १ अगष्टमा हुने भएको छ । आगामी कार्यकाल २०२१–२३ का लागि दुई जना अध्यक्षका प्रत्यासी सोमफुरी शेर्पा र रविन अधिकारीको बिचमा भिडन्त हुने भएको छ । समुहगत प्यानल नै बनाएर चुनावी मैदानमा रहेका दुई अध्यक्ष पदमा उम्मेद्धवारहरु को कस्ता व्यक्तित्व हुन त्यसबारे एकैछिन चर्चा गरौ ।
सोमफुरी शेर्पा लामो समयदेखि पोर्तुगलमा बसोबास बस्दै आएका सोमफुरी शेर्पा पोर्तुगलको नेपाली समाजमा सुपरिचित नाम हो । गैह्र आवसीय नेपाली संघ पोर्तुगलको पुर्व महासचिव समेत रहेका शेर्पा, नेपाली समाज पोर्तुगलका निवर्तमान अध्यक्ष, र शेर्पा किदुग पोर्तुगलको पुर्व अध्यक्ष समेत हुन । पोर्तुगलमा एक सफल व्यवसायीको रुपमा परिचित शेर्पा, अन्याय अत्याचार तथा बेथिति र विसंगतिहरुको विरुद्धमा निर्भिकताका आवज बुलन्द गर्ने र विभिन्न सामाजिक कार्यहरुमा सदैब अग्रसर हुने मध्येका एक हुन । अहिले एमाले निकट प्रवासी मञ्च, समाजवादी पार्टी निकट नेपाली समाज र जनजाति महासंघ पोर्तुगलको साझा उम्मेद्धवारको रुपमा समावेशी प्यानलको नेतृत्व गर्दै एन आर एन ए पोर्तुगलको अध्यक्ष पदमा उम्मेद्धवार रहेका छन ।

रविन अधिकारी व्यक्तिगत रुपमा निर्विवाद व्यक्तित्व रविन अधिकारी पोर्तुगलको एक सफल व्यवसायी हुन । तर सामाजिक रुपमा भने उनी खासै परिचित अनुहार होईनन । एन आर एन ए पोर्तुगलको पुर्व युवा संयोजक र वर्तमान आईसीसि सदस्य समेत रहेका अधिकारी अहिले आफ्नो स्वईच्छाले भन्दा पनि जनसम्पर्क समितिलाई विकल्प दिन उम्मेद्धवार भएको भन्ने चर्चा छ । वर्तमान तिलक गैरे नेतृत्वको एन आर एन ए पोर्तुगल विवादै विवादको चौघेरामा रहँदा पोर्तुगलको प्रतिनिधिमुलक आईसीसी सदस्य रहेको रविन अधिकारी केवल मुकदर्शक मात्रै बनिरहे । अहिले जनसम्पर्क समिति पोर्तुगलको निर्विकल्प अध्यक्ष पदका उम्मेद्धवार रहेका रविन अधिकारीले सयौ नेपालीलाई ठगेर अलपत्र पारेका एन आर एन ए पोर्तुगलका कोषाध्यक्ष विक्रमजंग कुवरको मुख्य पक्षपोषक मानिएका राजकुमार थापालाई आफ्नो टिमको महासचिव बनाउन सबैभन्दा बढी जोडबल गरिरहेका छन । अधिकारीको समूहलाई माओवादी निकट जनप्रगतिशिल मञ्चको पनि नैतिक समर्थन रहेको भनिएको छ ।