पेम्बा गेलु शेर्पा/४ मे २०२५ – लिस्बनस्थित नेपाली राजदूतावासले कन्सुलर सेवालाई थप प्रभावकारी र समयसापेक्ष बनाउन कागजात प्रमाणिकरणका लागि अनलाइन अपोइन्टमेन्टको व्यवस्था लागू गरेको छ। राजदूतावासले १६ अप्रिल २०२५ देखि राहदानीबाहेकका कन्सुलर सेवाहरू प्रदान गर्दै आएकोमा यसलाई व्यवस्थित गर्न अनलाइन अपोइन्टमेन्ट प्रणाली शुरु गरेको हो।

यसअनुसार, मे १३ देखि २३ सम्म कागजात प्रमाणिकरणका लागि अपोइन्टमेन्ट डेट खुला गरिएको छ। इच्छुक व्यक्तिहरूले निम्न लिङ्कहरू मार्फत आफूलाई पायक पर्ने मिति र समयमा अपोइन्टमेन्ट बुक गर्न सक्नेछन्:

  • https://calendly.com/eonlisbon/consular-service

  • https://calendly.com/eonlisbon/consular-service-2

राजदूतावासले अपोइन्टमेन्ट बुक गरेपछि प्राप्त इमेलसहित तोकिएको समयमा उपस्थित हुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ। साथै, राहदानी सेवा सञ्चालनको तयारी भइरहेको र तयारी पूरा हुने बित्तिकै सबैलाई जानकारी गराइने राजदूतावासले जनाएको छ।

यसबाहेक, कागजात प्रमाणिकरणबाहेकका अन्य सेवाका लागि अपोइन्टमेन्ट बुक गर्नु नपर्ने र पेरिसबाट प्राप्त कागजात बुझिलिन वा अन्य सोधपुछका लागि राजदूतावासमा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ।

नेपाली राजदूतावासले सबैलाई समयमै सेवा लिन र आवश्यक जानकारीका लागि सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय