
सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ११ र नेचासल्यानको सिमानामा पर्ने गौरीटाप स्थित लौरेश्वर बाबाको आश्रममा आगलागी भएको छ । आज शनिबार साँझ अन्दाजी ६ः३० बजेबाट सुरु भएको आगोेले ‘बाबा’को मुख्य कुटी जलेर नष्ट भएको पत्ताले प्रहरी चौकीले जनाएको छ ।
मन्दिरसहित रहेको उक्त कुटीबाट सुरु भएको आगोले आश्रम खरानीमा परिणत भएको छ । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरी चौकी पत्तालेबाट खटिएका प्रहरी टोलि र स्थानीयबासीको सकृयतामा अन्य संरचनामा क्षति हुनबाट जोेगाएको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।
आगो अझै पनि पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । सोही आश्रममा गत वर्षपनि आगलागी हुँदा भान्साघर जलेर नष्ट भएको थियो ।