नेपालमा गुणस्तरीय पर्यटनः अलि हतार हुन्छ कि ?

–निनाम लोवात्ती, नेपाली पर्यटनमा गुणस्तरीय पयर्टन कसरी प्रवद्र्घन गर्ने ? भन्ने सम्बन्धमा सायदै नेपालको योजना बनाउने र नीति निर्माण गर्ने तहमा बसेका योजनाविद र रणनीतिकारहरुले छलफल र बहस गरेका होलान् ! हुनत नेपाली पर्यटनमा गुणस्तरीय पयर्टन कसरी प्रवद्र्घन गर्ने ? नेपाली पर्यटनमा गुणस्तरीय पयर्टन कसरी प्रवद्र्घन गर्ने ? भन्ने सम्बन्धमा भुटानसँग सिक्न सकिन्छ कि ? त्यसैले यो लेखमा भुटान सरकार नेपाल सरकारको पर्यटन नीतिबारे पनि धेरथोर लेख्ने जमर्को गरिएको छ ।

भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा नेपालभन्दा धेरै सानो देश हो । तर, भूगोल र जनसंख्यामा नेपालभन्दा धेरै सानो देश भए तापनि भुटानबाट हामीले गुणस्तरीय विदेशी पर्यटन प्रवद्र्धनका सन्दर्भमा धेरै ठूलो र महत्वपूर्ण कुरो सिक्न सक्छौं । किनभने, विगत लामो समयदेखि भुटानले जति पनि विदेशी पर्यटक भित्र्याउने नीति लिएको छ, ती सबै पर्यटक गुणस्तरीय र खर्चिलो हुने गरेका छन् । हुन पनि भुटान सरकारको पर्यटन नीति नै खर्चिलो विदेशी पर्यटकलाई मात्रै आप्mनो देशमा भित्र्याउने नीति छ । त्यसैले हामीले पनि गुणस्तरीय र बढी खर्च गर्ने खालका पर्यटन भित्र्याउने सम्बन्धमा के–कस्ता खालका नीति, नियम, ऐन, कानुन, कार्यविधिहरु बनाउन उपयुक्त हुन्छ ? सो सम्बन्धमा भुटानबाट धेरै सिक्न सकिन्छ । के भनिन्छ भने, भुटान सरकारले आप्mनो देशमा विदेशी पर्यटकको संख्या बढाउनकै लागि भनेर जसलाई पायो, त्यसलाई (विदेशी पर्यटक नै भए पनि) पर्यटक मानेर आफ्नो देशमा ह्वार–ह्वार्ती प्रवेशाज्ञा दिँदैन । यसले देखाउँछ, भुटान सरकारको ध्यान आप्mनो देशमा आउने विदेशी पर्यटकको संख्या थोरै नै भए तापनि ती पर्यटकहरु गुणस्तरीय (लक्जरी÷डिलक्स्) होऊन् भन्नेतर्पm विशेष ध्यान दिएको देखिन्छ ।

भुटान सरकाको मातहतमा रहेको पर्यटन सम्बन्धी सरकारी निकाय ‘टुरिज्म काउन्सिल अफ भुटान’ (टीसीबी) ले प्रकाशित गरेको भुटान सरकारको पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम हेर्ने हो भने के प्रस्ट हुन्छ भने, कुनै पनि विदेशी पर्यटकले भुटान छिर्ने बित्तिकै कम्तिमा प्रति व्यक्ति दैनिक दुईसय अमेरिकी डलर खर्च गर्नै पर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न टे्रकिङ, साईट सिन, जंगल सफारी, कल्चरल टुर, साईक्लिङ, बर्ड वाचिङ आदिका लागि अफ सिजन र पिक सिजन गरेर दुई सिजनमा विभाजन गरिएको छ । सो अनुसार विदेशी पर्यटकलाई भुटान सरकारको आधिकारिक निकाय टीसीबीले प्रति व्यक्ति, प्रति दिन खर्चको सीमा तोकिदिएको छ । भुटान सरकारले तोकेको खर्चको सीमाअनुसार अफ सिजनमा भुटान घुम्न चाहने विदेशी पर्यटकले (जनवरी, फेब्रअरी, जुन, जुलाई, अगष्ट र डिसेम्बर) मा प्रति व्यक्ति प्रति दिन दुईसय अमेरिकी डलरमा प्याकेज बुक गर्नु पर्छ भने, पिक सिजनमा भुटान भ्रमण गर्न चाहने विदेशी पर्यटकले (मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोम्बर र नोभेम्बर) प्रति व्यक्ति प्रति दिन दुईसय ५० अमेरिकी डलरमा बुक गर्नु पर्छ । कुनै पनि विदेशी पर्यटक भुटानमा रहँदा तीन तारे होटलमा बस्नु पर्छ । अन्यथा चारतारे वा पाँचतारे होटलमा बस्ने हो भने त्यस्ता विदेशी पर्यटकले अतिरिक्त प्रिमियम तिर्नुपर्ने भनी टीसीबीले आफ्नो ‘कोड अफ कन्डक्ट’मै उल्लेख गरेको छ । साथै भुटान भ्रमणमा आउने विदेशी पर्यटक कम्तिमा तीनजनाको समूह हुनैपर्ने नियम छ ।

भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यकटबाट लिने दैनिक दुईसय र दुईसय पचास अमेरिकी डलर (सिजनअनुसार) मध्ये ६५ अमेरिकी डलर ‘दिगो विकासका लागि पर्यटन’ कार्यक्रमका लागि ट्रेकिङ÷ट्राभल अपरेटरहरुबाट सीधै कटौती गर्छ । त्यसरी छुट्याईएको रकम भुटानी जनताका लागि निःशुल्क शिक्षा, स्वास्थ्य, गरिबी निवारण, ग्रामीण विकास आदिका लागि भवन निर्माण आदिमा खर्च हुन्छ ।

त्यस्तै भुटान सरकारले आफ्नो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि विभिन्न सहुलियत र छुटहरु पनि दिएको देखिन्छ । केही उदाहरणहरु हेरौं । जस्तो, पाँच वर्षभन्दा कम उमेरको लालाबाला पर्यटक भए भिसा चार्ज ४० अमेरिकी डलर मात्रै लिन्छ । बाँकी सम्पूर्ण खर्च निःशुल्क दिन्छ, त्यस्ता लालाबाला पर्यटकलाई । त्यस्तै पाँचदेखि १२ वर्ष उमेर समूहको केटाकेटी पर्यटक भए डेली प्याकेजमा ५० प्रतिशत छुट दिन्छ एवम् प्रकारले विद्यालय वा विश्वविद्यालयको आधिकारिक र प्रमाणित विद्यार्थी परिचयपत्र भएको र उमेर २५ वर्षसम्म भएको पर्यटक भए डेली प्याकेजमा २५ प्रतिशत छुट दिन्छ । ११ जनाको समूह पर्यटक भए डेली प्याकेजमा एकजना पर्यटकलाई ५० प्रतिशत छुट दिन्छ भने, १६ जनाभन्दा माथिको पर्यटक समूह भए डेली प्याकेजमा एकजनालाई शत प्रतिशत छुट दिन्छ । साथै कुनै पनि पर्यटकले भुटानमा आठ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई रोयल्टी दस्तुरमा ५० प्रतिशत छुट दिन्छ भने, १४ रातभन्दा बढी बिताएमा त्यस्ता पर्यटकलाई शत प्रतिशत रोयल्टी दस्तुरमा छुट दिन्छ । यसरी हेर्दा विदेशी पर्यटकबाट पैसा लिनका लागि मात्रै पैसा नलिएर भुटान सरकारले आप्mनो देशको भ्रमण गर्न आउने विदेशी पर्यटकहरुलाई विभिन्न सेवा र सुविधाहरु पनि दिएको देखिन्छ ।

रोचक कुरो के छ भने, भुटान भ्रमणमा आउने विदेशी पर्यटकमध्ये लगभग ६० (५८.७६) प्रतिशत ट्राभल÷टुर अपरेटरमार्फत पहिले नै बुक भएर आउने गरेका छन् । त्यस्तै भुटान आएका विदेशी पर्यटकमध्ये ८३.८४ प्रतिशतको उदेश्य बिदा मनाउने रहेको देखिन्छ । तर, भुटान आउने विदेशी पर्यटकहरुको बसाई अवधि भने कम अर्थात् प्रति पर्यटक ६.३५ दिन मात्रै रहेको देखिन्छ ।

प्रकाशित मिति २२ जेष्ठ २०७९, आईतवार १७:५२

सम्बन्धित समाचारहरु