सोलुखुम्बु :  सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा स्काभेटरमा आगलागी हुँदा अन्दाजी १ करोड  बराबरको क्षति भएको छ । जुबुको छिपिली स्थित दुधकोशी २ जलेश्रर डाइड्रोपावर  जाने  सडक खन्ने क्रममा पार्किङ गरी राखेको  हारबोट कन्ट्रक्शनको नम्बर नखुलेको  स्काभेटरमा आज  राति आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी प्रहरी निरीक्षक अनिल मिश्रका  अनुसार आगलागीबाट स्काभेटरको अगाडिको क्याबिनको भाग र इलेक्ट्रोनिक भाग जलेर नष्ट भएको छ ।  उक्त स्काभेटर दूधकोशी–२ जलेश्वरी हाइड्रोपावरले नयाँ सडक विस्तारको क्रममा प्रयोग गर्दै आएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

source:solu Fm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय