सोलुखुम्बुको सबै विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुका आठ वटै पालिकाले भौतिक रुपमै पठनपाठन सुरु गरेका छन । कोरोना भाइरस संक्रमणको दर तिब्र गतिमा फैलिएसँगै बन्द भएका विद्यालयहरु सञ्चालनमा आएको शिक्षा बिकास तथा समन्वय इकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना जोखिम कम भएसँगै स्वास्थ्य मापदण्डको पुर्ण पालना सहित बिद्यालयहरुले भौतिक उपस्थीतीमा पठनपाठन सञ्चालन गरिएको हो । विश्व स्वास्थय संगठन(डब्लु.एच.ओ.) ले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा ल्याएको देउसा माध्यमिक विद्यालय थुुलुङ दुधकोशी गाउँपालिका ५ का प्रधानध्यापक रेवन्त बरालले बताउँनुभयो ।

विद्यालय वरपर र शौचालयको सरसफाई, शुद्ध खानेपानीको व्यवस्थापन, अभिभावक र विद्यार्थीहरुसँग आवश्यक समन्वय गरेर पठनपाठन थालेको सम्बन्धित पालिकाको शिक्षा शाखाले जनाएको छ । सोलुखुम्बुमा सञ्चालित २७६ वटा विद्यालयमा करिब २८ हजार विद्यार्थी अध्ययनरत रहेको शिक्षा बिकास तथा समन्वय इकाइ सोलुखुम्बुको तथ्याङकमा उल्लेख छ ।

-solu FM

प्रकाशित मिति ३० भाद्र २०७८, बुधबार १६:५१

सम्बन्धित समाचारहरु