असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

काठमाडौ । असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्ने भएका छन्। उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरु र स्थानीय तहहरुबीच भएको छलफलले विद्यालय खोल्ने निर्णय गरेको हो।

काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने बताए। उनका अनुसार विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति २१ भाद्र २०७८, सोमबार २०:४०

सम्बन्धित समाचारहरु