काठमाडौ । हिमालपारिको जिल्ला मुस्ताङमा नेपाली सेनाको ‘हाई अल्टिच्युड तथा माउन्टेन वारफेयर तालिम सुरु भएको छ।
तालिममा नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आइस क्राफ्टसम्बन्धी ज्ञान दिलाउने उद्देश्यले जोमसोममा तैनाथ नेपाली सेनाको उच्च शिखर शिक्षालयमा तालिम सुरु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। शिक्षालयका शिक्षाधिकृत महासेनानी सुरेश हमालले तालिमको शुभारम्म गर्नुभएको हो ।
तालिम असोज १ गतेसम्म सञ्चालन हुनेछ। उक्त तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्य दर्जाका ६५ जना गरी जम्मा ८१ जना सहभागी भएका छन् भने विदेशी शिक्षार्थीतर्फ अमेरिका, बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाट अधिकृत तथा अन्यदर्जा शिक्षार्थी पाँचजना सहभागी छन्।
