खेलाडी कल्यानकारी कोषका लागि कोरियाली पर्व सलनालको अवसरमा “सलनल डान्स पर्टी” हुने भएको छ । सलनालको पहिलो दिन फेब्रुअरी ९ तारिखका दिन 성동차차차 스텐드빠 나이트 서울특별시 중구 흥인동 15 번지 मा हुने छ । डान्स पर्टी नेपाली खेलाडी संघ द.कोरियाले गर्न लागेको हो ।

डान्स पर्टीमा र्यापर जी-बब(RAPPER G-BOB) र रुबिन रहेका छन् भने DJ बिट्मा मनोज रहेको छ । त्यस्तै पार्टी होस्ट हारा र पासाङ् शेर्पा (Spring) ले गर्ने छिन् ।

प्रवासी भूमीमा खेलाडीहरुलाई भैपरी आउने समस्या हरुको समाधान गर्नका लागी विशुद्ध खेल र खेलाडीको हितका निम्ती सलनल डान्स पर्टीको आयोजना गर्न लागेको संघका माहासचिव विक्रम बज्यू तामाङले फोनिज कोरियालाई बताएका हुन् । “कोरियामा पहिलो चोटी नेपाली खेलाडी कल्यानकारी कोष वृद्धि सहयोगार्थ आयोजना गर्न लागिएको “सलनल डान्स पर्टी” कार्यक्रममा कोरियामा रहनुहुने खेल – खेलाडी प्रेमी तथा सम्पूर्ण कोरियाबासी नेपालीहरु उपस्थित भई मनोरञ्जन लिई सहयोग गरिदिनु हुन हार्दिक आनुरोध गर्दछु ।” माहासचिव तामाङले अनुरोध गरे ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागी खेल’ भन्ने मूल नाराका साथ नेपाली खेलाडी संघ दक्षिण कोरियाको स्थापना गत डिसेम्बर २४ मा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय