टोकियो: शेर्पा संघ जापानको १५ औ महाधिवेशन अक्टोबर २० तारिखमा सम्पन्न भएको छ। यस महाधिवेशनमार्फत संघको नयाँ कार्यसमिति चयन गरिएको छ।

टोकियोको रोयल गार्डेन रेस्टुरेन्टमा आयोजित महाधिवेशनमा जापानभरका शेर्पा समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। आफ्नो २ बर्षे कार्यकालमा धेरै सामाजिक कार्यहरू गर्न सफल भएको संघले महाधिवेशनमा महासचिव पासाङ रिन्जी शेर्पाले समाजका कार्यहरूको प्रगति विवरण सहितको प्रतिवेदनसंगै कोषाध्यक्ष दाफुरी शेर्पाले संस्थाको आर्थिक प्रतिवेदनलाई पनि प्रस्तुत गर्नुभएको थियो ।

महाधिवेशनमा निर्वाचन समितिले सोनाम लामाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अध्यक्षमा निर्वाचित भएपछि सोनाम लामाले जापानमा रहेका शेर्पा समुदायको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

महाधिवेशनमा नेफिन जापानका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ प्रमुख अतिथिका रूपमा र एनआरएन जापानका अध्यक्ष नविन निउरेले बिशेष अतिथिको रुपमा सहभागिता जनाएका थिए।

नयाँ कार्यसमितिले आगामी दुई वर्षमा शेर्पा समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक विकासका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य राखेको छ। यसका साथै, जापानमा बसोबास गर्ने नेपाली समुदायसँगको सहकार्यलाई थप बलियो बनाउने प्रयास गरिने बताइएको छ।

यस्तो छ नयाँ कार्यसमिति नामावाली

कार्यसमिति २०२४-२०२८

१ अध्यक्ष सोनाम लामा

२ वरिष्ठ उपाध्यक्ष पासाङ रिन्जी शेर्पा

३ उपाध्यक्षहरुम्मा याङजी शेर्पा ,सांगे शेर्पा

र छिरिङ लामा शेर्पा

५ महासचिव, ङवाङ दोर्जी शेर्पा

६ सचिव जेनी शेर्पा

७ सचिव छिरिङ शेर्पा

८ कोषाध्यक्ष दाफुरी शेर्पा

९ सहकोषाध्यक्ष पासाङ शेर्पा

१० सदस्यहरुमा कुंगा शेर्पा

११ सदस्य आङ छिमी शेर्पा

१२ सदस्य रिन्जी शेर्पा

१३ सदस्य तेम्बा शेर्पा

१४ सदस्य पेम्बा गेली शेर्पा (सेन्दाई)

१५ सदस्य गोम्बु शेर्पा

१६ सदस्य लाक्पा सोनाम शेर्पा

१७ सदस्य याङजी शेर्पा

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय