पेम्बा गेलु शेर्पा / बेल्जियम
– शेर्पा समाज बेल्जियमको नवौं अधिवेशन सन् २०२६ जनवरी २६ गते सोमबार ल्युभेनमा सम्पन्न भएको छ। अधिवेशनले समाजको आगामी दिशा र प्राथमिकताबारे निर्णय गर्दै नयाँ नेतृत्व चयन गरेको छ।
उक्त अधिवेशनबाट अध्यक्षमा श्री दावा फिन्जो शेर्पा निर्वाचित हुनुभएको छ। उहाँको नेतृत्वमा आगामी कार्यकाल (२०२६–२०२९) का लागि १९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिमा उपाध्यक्षमा आङ गेलु शेर्पा, महिला उपाध्यक्षमा आङ निमा लामा शेर्पा, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा फुर्तेम्बा शेर्पा, कोषाध्यक्षमा देन्डी लामा र सह–कोषाध्यक्षमा पासाङ लामा निर्वाचित हुनुभएको छ।
यसैगरी सदस्यहरूमा आनन्द शेर्पा, ग्याल्जेन शेर्पा, दावा लामा, आङ फुर्वा लामा, आङ काण्डु शेर्पा, आङ फ्हुल्हमु लामा, बिन्दिय लामा, आङ छिरिङ शेर्पा गोम्बा शेर्पा, नुर्बु शेर्पा, आङ छिरिङ शेर्पा, र ल्हाक्पा डोमा शेर्पा रहनुभएको छ।
अधिवेशनको अवसरमा निवर्तमान अध्यक्ष पी. डी. शेर्पा ले नवनिर्वाचित पदाधिकारीहरूलाई खादा ओढाएर हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले विगतका उपलब्धिहरूको स्मरण गर्दै नयाँ कार्यसमितिले समुदायको हितमा अझ सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष दावा फिन्जो शेर्पाले सबै उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी कार्यकालमा शेर्पा समाज बेल्जियमको सुदृढीकरण, संस्थागत विकास र बहुआयामिक प्रगतिका लागि निरन्तर र अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समुदायको एकता, सहकार्य र सहभागितालाई केन्द्रमा राख्दै समाजलाई थप गतिशील बनाइने स्पष्ट पार्नुभयो।