राष्ट्रिय पर्व तथा नयां वर्ष २१५१ औँ स्यिङ फो डुग लो(गडुल वर्ष) ग्याल्बो लोसारको अबसरमा शेर्पा किदुक साइप्रस द्वारा आयोजित ग्याल्पाे लाेसार बृहत सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम 2024 कार्यत्रम गर्ने भएको छ ।
भाषा धर्म संस्कार सांस्किृतिको जगेर्ना गर्नका निम्ति ब्रिटानिया म्युजिक हल लिमासोल सो कार्यत्रम गर्न लागेको सस्थाको अध्यक्ष छिरिङ्ग याङ्जुम शेर्पाले हिमाली सन्देशलाई जानकारी दिए ।
पछिल्लो समय युरोप बाट शेर्पा गीत संगीतमा सक्रिय रहेका गायक गायक सोनाम कोशिश लामा शेर्पाको साथै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ ।
शेर्पा किदुक साईप्रसले बिगतका वर्षमा पनि सांस्किृतिकहरु गर्दै आएको छ । सोही दिन सम्पुण साईप्रसवाशी नेपाली दाजु भाई दिदि बहिनिमा उपस्थितको लागी आयोजक टिम बाट अनुरोध समेत गरेका छन् ।