दावा जाङ्बु शेर्पा, काठमाडौं

-शेर्पा सञ्चार समूह नेपालले सात दिने उद्घोषण तथा भाषणकला तालिम सञ्चालन गर्ने भएको छ। तालिम साउन १८ गतेदेखि २४ गतेसम्म नेपाल शेर्पा संघको भवन, नारायणटारमा आयोजना गरिनेछ।
संस्थाका महासचिव मिङ्मा शेर्पाका अनुसार, उक्त तालिमको उद्देश्य शेर्पा समुदायभित्र भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै युवाहरूलाई सञ्चारको मूलधारमा ल्याउनु हो।
“हामी विगतदेखि नै पत्रकारिता क्षेत्रमा रुचि राख्ने शेर्पा समुदायका व्यक्तिहरूलाई लक्षित गर्दै विभिन्न तालिमहरू सञ्चालन गर्दै आएका छौं,” उनले भने ।
शेर्पा तथा नेपाली भाषामा उद्घोषण, समाचार लेखन, र फोटो पत्रकारिता सम्बन्धी तालिमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको संस्थाका कार्यबाहक अध्यक्ष डोल्मा शेर्पाले जानकारी दिए।
संस्थाले हालसम्म सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रामेछाप, ताप्लेजुङ र झापा लगायतका जिल्लाहरूमा शाखा विस्तार गरी विभिन्न सञ्चारसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
शेर्पा सञ्चार समूहले समुदायको सक्रिय सहभागिता र सशक्तिकरणका लागि आगामी दिनहरूमा पनि यस्ता तालिमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय