युटुबमा सर्वाधिक हेरिएको ३ शेर्पा गितहरु – भिडियो सहित

बरिष्ट गायक टुङना देण्डी शेर्पाका कालजै बहुचर्चित शेर्पा भाषका गित हरु देखी आहिलेको डिजिटल युगसम्ममा संगितीक क्षेत्रमा धेरै परिवर्तनहरु भइ सकेका छ भने अहिले धेरै शेर्पा भाषका उदयमान गायक गायिकाहरुको जन्मले शेर्पा भाषका संगितहरु पहिले भन्दा धेरै नयाँ सृजनाहरु आउन थालेको छ ।  क्यसेट सि डि बिक्री गरि आर्थिक उर्पजन गर्ने चलन हट्दै गित संगीत युटुबमा हेरिको आधारमा आम्दनी तथा सफलताको मापन हुन थलेको कारण अहिलेको समयमा शेर्पा भाषमा धेरै गितहरु युटुबमा आउन थालेका छन ।

युटुबमा सर्वधिक हेरिएको शेर्पा भाषाको अहिले सम्मकै पहिलो गित टिन्छेन फामा फिल्मको स्यार ल्हेसुङ स्यार ल्हेसुङ भन्ने गित रहेको छ यो गित हामीले यो रिपोट तयर गर्ने बेला सम्ममा युटुबमा ३१२९८२ चोटी हेरिएको यो गितमा शव्दा/संगित/गायन आङ ङिमा शेर्पा गोपार्मा (कुङ्गा)को रहेको छ भने छाङपा शर्पाको गायनमा आङ ङिमा लाई साथ दिएको छ । शेर्पा र्वोल्ड म्यिुजिकबाट सर्वजनिक यस गितको भिडियोमा चलचित्रका नायक कुङगा शेर्पा, चर्चित मोडल तथा नायीका छिरिङ डोमा शेर्पा, पत्रकार तथा शेर्पा भाषाको कार्यक्रम प्रस्तोता सोनाम याङजी शोर्पा लगयात धेरै शेर्पा कलाकारहरुको प्रस्तुती रहेको छ ।

युटुबमा सर्वधिक हेरिएको शेर्पा भाषाको दोस्रो गित दाक्पी लुङ्बा युटुबमा ३०५३९१ चोटी हेरिएको छ । शेर्पा भाषामा निर्मण गरिएको शेर्पा फिल्म कुसुमको यो गितमा शव्दा निमा शेर्पा लामा संगित तथा गयान फारदेण्डी शेर्पाको रहेको यस गितमा सगर सुब्बाले निदेशन गरेका थिए ।

युटुबमा सर्वधिक हेरिएको शेर्पा भाषाको तेस्रो गित गायिका आङ ङिमा शेर्पा गोपार्मा (कुङ्गा)को नै रहेको छ । युटुबमा १५३,८३६ चोटी हेरिएको यो गित पनि शेर्पा चलचित्र टिन्छेन फमा को टाशी स्वयो भन्ने बोलको गित रहेको छ । यस गितमा शब्द/संगित/गयन आङ ङिमा शेर्पा गोपार्मा (कुङ्गा)ले नै गरेको छ भने एरेन्ज पवन लामा गरेको हो । म्यिुजिक भिडियोमा गायिका आङ ङिमा शेर्र्पा (कुङ्गा)को मात्र अभिनय रहेको छ ।

प्रकाशित मिति २२ भाद्र २०७६, आईतवार ११:१३