सल्लेरी, सोलुखुम्बुमा सफलतापुर्वक सम्पन्न भएको छ। पौष २८ गते सम्पन्न पूर्ण गठन विशेष भेलाबाट सोलुदुधकुण्ड न.पा.-२, फेराकी मिङ्गमा याङ्गजी शेर्पा सर्वसम्मतिमा कार्य समिति अध्यक्ष चयन भई १९ सदस्यीय जिल्ला कार्य समिति पूर्ण गठन भएको हो।

उक्त कार्यक्रममा नेपाल शेर्पा संघ, सोलुखुम्बु जिल्ला अध्यक्ष मिङमा छिरी शेर्पाको प्रमुख आतिथ्यता तथा नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष गेलु शेर्पाको विशेष आतिथ्यता सम्पन्न भएको थियो। कार्यक्रममा सोलुखुम्बु जिल्लाका विधार्थीहरुले उल्लेख्य रुपमा सहभागिता जनाएका थिए। नेपाल शेर्पा विधार्थी संघ, केन्द्रिय कार्य समितिको राष्ट्रिय महाधिवेशनको मिति नजिकिदै गरेको अवस्थामा सबैभन्दा सुरुमा सोलुखुम्बु जिल्ला कार्य समितिको पूर्ण गठन भएको हो ।

नवगठित कार्य समितिका अध्यक्ष लगायत सम्पूर्ण १९ सदस्यीय कार्य समितिका लगनशील एवं सक्रिय पदाधिकारीहरूलाई नेपाल शेर्पा विधार्थी संघ केन्द्रिय समितिले हार्दिक बधाई तथा शैक्षिक जगतको भविष्यमा उत्तरोत्तर प्रगति एवम् सु-स्वास्थ्यको कामना सहित कार्यकाल सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय