सोलुखुम्बु सदरमुकाम सहितका क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

सोलुखुम्बु  :  सोलुखुम्बुको सदरमुकाम सल्लेरी सहितका क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । गएराति देखि सुरु भएको हिमपातसगै चिसोले दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन् ।  जिल्लाको सदरमुकाम आसपासका क्षेत्रहरू सल्लेरी, फाप्लु, पत्ताले, पिकेडाडा,रातनागि डाडा, खोरिया, रोशि, तामाखानी, लोदिङ, बेनी, जुनबेशि लगायतका स्थानहरूमा आज ९बुधबार बिहान करिब ४ बजे देखि हिमपात हुन सुरु भएको हो भने उच्च हिमाली क्षेत्रहरू लुक्ला नाम्चे, खुम्जुङ सहितका क्षेत्रहरूमा गएराति देखि नै सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् ।

बाक्लो हिमपातका कारण उच्च हिमाली भेगका नागरिकहरु घर बाहिर समेत निस्कन नसकेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख भुमिराज उपाध्यायले जानकारी दिनु भयो । उहाँका अनुसार नाम्चे क्षेत्रमा १५ इन्च भन्दा बढी हिउँ जमेको छ । जसका कारण बस्तुभाउलाइ घास, चारोको ब्यवस्थापन गर्न समेत कठिन भएको खुम्बुका दावा शेर्पाले बताउनुभयो ।  हिमपात हुनु अघि सम्म भएको भारी बर्षाले चिसो अत्याधिक बढेकाले बिशेषगरि बालबालिका र बृद्ध बृद्दाहरु समस्यामा परेको स्थानीयले बताएका छन् । हिमपात पछि सदरमुकाम सल्लेरी सहितका क्षेत्रमा मोबाइल नेटवर्क र विद्युत सेवा अनियमित बनेको छ ।

-Solu FM

प्रकाशित मिति १४ पुष २०७८, बुधबार १६:५९

सम्बन्धित समाचारहरु