सोलु एफएममा आग्लागी, प्रशारण केही दिनका लागि बन्द

फागुन १७ गते सोमबार मध्य रात करिब १२:३० बजेको समयमा सोलु एफएममा आग्लागी भएकाे छ ।

स्थानीय, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना, नगरपालिकाको दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा लिईसकेकाे छ।

आगाेबाट सम्पुर्ण उपकरण सहित भवनमा समेत क्षति पुग्दा करिब एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीको कारण पत्ता लगाको छैन ।

एफएमको सम्पुर्ण सामाग्री जलेर नष्ट हुदा ब्यबस्थापनका लागि समय लाग्ने भएकाले हाम्रो प्रशारण केही दिनका लागि बन्द हुने छ ।

प्रकाशित मिति १७ फाल्गुन २०७७, सोमबार ०५:११