सोलुखुम्बु पुस १०, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टिङमा लुम्सा जुके र दिमिल जाने बाटोमा  रहेको  घट्टेखोलामा पुल निर्माण हुने भएको छ।

पुल निर्माणका लागि Aktivferien Nepal का संचालक  मिङमार शेर्पा(जर्मन)को विशेष अगुवाइमा स्विस दातृ निकायको पचास लाख बराबरको रकममा निर्माण हुन लागेको हो।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा र Aktivferien Nepal का संचालक जर्मन मिङमार शेर्पाले सो पुलको शिलान्यास गर्नु भएको छ। सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राई समेतको उपस्थितिमा भएको थियो। 

घट्टेखोलामा पुल नहुदा सवारी आवतजावतमा निकै  समस्या भएको र पुल निर्माण पछि धेरै सुविधा हुने सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० वडा अध्यक्ष होम बहादुर मगरले बताउनु भएको छ।

Source: solu dudhkunda online

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय