चट्याङ लागेर खिजीदेम्बामा एक महिलाको मृत्यु

ओखलढुंगा । मंगलबार साँझ पानीसहित परेको चट्याङबाट खिजिदेम्बा गाउँपालिका ६ भित्तेमा एक महिलाको मृत्यु भएको छ । चट्याङबाट स्थानीय ५८ वर्षीया पासाङ शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।

भान्छाकोठामा परिवारसँगै खाना खाइरहेको अवस्थामा चट्याङ लागेको स्थानीयले जनाएका छन् । सो घटनालगत्तै इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको टोलीले मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाउने तयारी भइरहेको प्रहरी नायब निरीक्षक इन्द्र भुजेलले जानकारी दिए ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार १६:३६