सन् २०२२ मा आएका पर्यटकको लेखाजोखा

–निनाम लोवात्तीे, हामीले सन् २०२३ मा (यो वर्ष) पनि सन् २०२२ मा जस्तै गरी विदेशी पर्यटकको नेपाल भ्रमण तीन सय गुणाभन्दा बढीको दरमा वृद्घि गराउन सकिएला त ? अर्थात् सन् २०२२ कै रप्mतारमा सन् २०२३ मा पनि नेपाल भ्रमण गर्न विदेशी पर्यटकहरु आउलान् त ? अथवा त्यो भन्दा पनि दुई वा तीन गुणा बढी विशी पर्यटकहरु नेपाल आउलान् ? अथवा विदेशी पर्यटकहरुको नेपाल आगमन दरको रप्mतार विगतै वर्षमा स्थिर रुपमा कायम गर्न सकौंला ? प्रश्नहरु धेरै रहेका छन् ।

यसरी हेर्दा हामीले सन् २०२३ मा त्यसो गर्न नसके तापनि सक्दो विदेशी पर्यटकको संख्या राम्रैसँग बढाउनेतर्पm पहल गर्नैपर्छ । त्यसो गर्न सकियो भने सन् २०२३ मा कम्तिमा पनि ८, ९ लाखदेखि १४, १५ लाखसम्म विदेशी पर्यटकलाई नेपालको भ्रमण गराउन सकिन्छ । तर ईमान जमानका साथ भन्नु पर्दा १४, १५ लाख त कुनै हालतमा पनि संभव नहोला कि ? तापनि हामीले हामी सन् २०२३ मा कम्तिमा पनि सन् २०२२ को तुलनामा ४०–४५ देखि ५०–५५ प्रतिशत बढी विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य लिनुपर्ने हुन्छ । त्यसो गर्दा लगभग आठ नौ लाखदेखि १० लाख वा साढे १० लाख अथवा ११ लाखसम्म विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउन सकिन्छ । जुन वास्तविक लक्ष्य पनि हुन सक्छ । तर, त्यसका लागि युरोपियन युनियनले तत्कालै नेपालको हवाई क्षेत्रलाई लगाएको प्रतिवन्ध अर्थात् कालो सूचीबाट हटाउनु पर्छ । त्यसपछि तुरुन्तै युरोपियन युनियन सम्बद्घ देशहरुले नेपालमा हवाई उडान सुरु गर्ने र नेपाली हवाई कम्पनीहरुले पनि युरोपियन युनियन सम्बद्घ देशहरुमा हवाई उडान सुरु गरी हाल्नुपर्ने हुन्छ । त्यस्तै चीनले पनि आप्mनो मुख्य–मुख्य र घना जनसंख्या भएका विभिन्न सहबाट नेपालमा तत्कालै हवाई सेवा सुचारु गर्ने र हाल हवाई उडान नभएका सहरहरुमा पनि तत्कालै हवाई उडान सुरु गरिहल्नुपर्ने हुन्छ । साथै लाओस, भियतनाम, कम्बोडिया, थाईल्यान्ड, मलेसिया, दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, इन्डोनेसिया, रुस, क्यानडा, संयुत्त, राज्य अमेरिका, मेक्सिको, जर्मनी, फिनल्यान्ड, अष्ट्रिया, स्वीटजरल्यान्ड, साउदी, कुवेत, कतार, इरान, सार्क देशहरु जस्तै बंगलादेश, भारत, श्रीलंका, माल्दिभ्स, भुटान, पाकिस्तान आदि देशबाट पनि नेपालमा हवाई सेवा तुरुन्तै सुचारु गर्ने र हवाई सेवा सञ्चालन भई रहेका अन्य देशमा उडान संख्या बढाउनुपर्ने हुन्छ । जुन तत्कालै संभव हुने कुरो नै होइन । त्यसैले बढीमा आठ, नौ लाख लक्ष्य लिनु नै वास्तविक लक्ष्य हुन सक्छ । तर, सन् २०२१ को तुलनामा जसरी सन् २०२२ मा तीन सय गुणा भन्दा पनि बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आए, सन् २०२३ मा पनि विदेशी पर्यटक त्यही रप्mतारमा नेपाल भित्रिएमा सजिलैसँग १८ लाख क्रस गर्छ । तर, त्यो संभावना तत्काल देखिदैन । जुन कुरो माथि नै लेखिएको छ ।

जे होस्, गत वर्ष (सन् २०२२) को १२ महिनामा जसरी अघिल्लो दुई वर्षमा भन्दा क्रमशः सन् २०२१ मा तीन सय नौ दशमलब ७६ प्रतिशत र स्न २०२० मा एक सय ६६ दशमलब ९२ प्रतिशतले बढी विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन्, त्यसलाई हामीले धेरै नै राम्रो मान्नुपर्नो हुन्छ । त्यसो त सन् २०२० र २०२१ के तुलनामा सन् २०२२ मा त्यरी ठूलो पैमानामा विदेशी पर्यटकको संख्या बढ्नका लागि नेपालका पर्यटन व्यवसायीहरुले कम मिहिनेत गरेको छैनन् । अझ माथिको ताजा तथ्यांकमा गत वर्ष सन् २०२२ को १२ महिनामा हवाई मार्ग हुँदै नेपाल आएका विदेशी पर्यटकको संख्या मात्रै समावेश गरिएको भन्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । त्यसरी हेर्दा विगतका वर्षहरुमा भैmँ लगभग ६०–७० हजारदेखि ८०–९० हजार विदेशी पर्यटक भारत र चीन हँुदै सडक मार्गमार्पmत नेपाल आएका रहेछन् भने सन् २०२२ मा सात लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन कुरो भविश्यमा मिहिन ढंगले अध्ययन गरेर समग्रमा नेपाल पर्यटन बोर्डले निकाल्ने प्रतिवेदनमा आउने नै छ भन्ने आशा गरौं ।

खासमा समग्र नेपालको पर्यटनको कुरो गर्दा सुरुमा नेपाली पर्यटनको उत्थान र प्रवद्र्धन गर्नमा विदेशी नागरिकहरुको महत्वपूर्ण योगदान रहेको थियो भन्ने हामीले बिर्सनु हुँदैन । त्यसमा पनि विशेष गरेर बेलायती, जर्मन, जापानीज, स्वीस, रुसी, फ्रान्सिसी, इटलीयन आदि देशका नागरिकहरु नेपाली पर्यटन प्रवद्र्घन गर्न योगदान गरेका थिए । त्यसैले हामीले उनीहरुले गरेको त्यो सुरुवाती योगदानलाई कदापि पनि भुल्नु हुँदैन । त्यसो त ती विदेशीहरु, जो नेपाल आएर बसेका थिए, उनीहरु सुरुमा शुद्घ पर्यटन व्यवसायीको रुपमा भन्दा पनि कुनै न कुनै उदेश्यले नेपाल बसेका थिए । जेजस्तो भए तापनि नेपालको पर्यटनको विदेशमा प्रचार प्रसार र विश्व पर्यटन बजारमा नेपालको पर्यटकीय उत्पादनहरु बेच्न जस्तै पदयात्रा, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, एथ्निक ग्रुप चिनाउने, नेचर, कल्चर, वन्यजन्तु आदिको बजार विस्तार गर्नमा विदेशी पर्यटन व्यवसायीहरुबाटै सुरु भएको हामीले खुल्ला ह्रदयले आत्म साथ गर्दै फराकिलो छाती बनाएर स्वीकार गर्नुपर्ने हुन्छ ।

अन्तमा हाम्रो देश नेपालमा धेरै खाले पर्यटकीय गतिविधिहरु गर्न सकिने विभिन्न स्थलहरु रहेका छन् । जस्तै हिमाल आरोहण, चट्टान अरोहण, सम्पदा पर्यटन, जंगल सफारी, स्किईङ, र्याप्mिटङ, मेडीसिन पर्यटन, बंजी जम्पिङ, योग गर्ने योगा पर्यटन, शतार हुने र धनी पर्यटकका लागि एकै छिनमा नेपालका विभिन्न हिमालहरु हेर्ने माउन्टेन प्mलाईट, समाज अध्ययन पर्यटन, बालुनिङ, साईक्लिङ, हाईकिङ, चरा–चुरुङ्गी अवलोकन पर्यटन, वन्यजन्तु दृश्यावलोकन पर्यटन, भाषाभाषी सम्बन्धी अध्ययन, नेपालको विभिन्न धार्मिक स्थलमा भ्रमण गर्ने धार्मिक भ्रमणमा आउने धार्मिक पर्यटन, सांस्कृति पर्यटन, सम्पदा पर्यटन, प्याराग्लाईडिङ, पर्वतारोहण आदि । त्यसैले हामीले बजारीकरणमा ध्यान दिन सके वार्षिक रुपमा २५, ३० लाख विदेशी पर्यटक भित्र्याउन आईतबार पर्खिरहनु पर्दैन, खासै गाह्रो पनि हुँदैन ।

प्रकाशित मिति १ माघ २०७९, आईतवार १२:१३

सम्बन्धित समाचारहरु